» » मदरबाबा मेलाको तयारी पुरा

फाइल फोटो

उर्मिला यादव
नवलपरासीमा फागुन १५ गते बाट शुरु हुने मदरबाबा मेलाको तयारी पुरा भएको छ । मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्र बनेको मदार बांबांमा हरेक बर्ष  मेला लाग्ने गर्दछ ।

रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको
पहाडी डाडामा  यो ठाउ पर्छ । मदार शाह बाबाले सो ठाउमा ४० दिन तपस्या गरेपछि  यो ठाउ पवित्र शिद्धि  प्राप्त  गर्ने ठाउको रुपमा  परिचत रहेकोे छ ।
     मेला  कुडिया र रुपौलिया गाविसमा लाग्दै आएको छ । मेलाको तयारी पुरा भएको कुतबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउन  भएको छ  । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता चल्ने छ । उक्त  डाडामा मदारबाबाको मजार रहेको हुदा सो ठाउमा मनोकमना लिएर पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको  मनोकमना पुरा हुने विश्वास रही आएको छ ।

 मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय, बाटोघाटो, शान्ती सुरक्षा,  एवं स्वयमसेवक परिचालन, सरसफाई, अतिथि सत्कार सहित सबै तयारी पुरा भईसकेको आयोजकले जनाएको छ

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

..