» » छातीमा गोली हान्ने सुरक्षाकर्मीहरु माथि छानबिन हुनुपर्छ कि पदैन ?

-रिता साह
मधेश आन्दोलन लगभग ६ महिना सम्म चल्यो । यस आन्दोलनमा लाखौ जनता सहभागी भए, दंगा ग्रस्तक्षेत्र धोषणा गरियो, कर्फयु लगाईयो, सेना परिचालन गरियो । दर्जनौ मधेशी सपुतहरुको सहादत र वलिदानले आन्दोलनलाई उत्कर्षमा पुरयाईयो । आन्दोलनलाई उत्कर्षमा पुरयाउनमा मधेशी युवाहरुको अत्यन्त महत्वपुर्ण भुमिका रह्यो । जिल्ला तहमा आन्दोलनको नेतृत्व युवाहरुले नै गरेका थिए । 

आन्दोलनमा पाँच दर्जन भन्दा बढी सहिद भएका मध्ये अधिकांश युवाहरु नै थिए । त्यसतै घाइते हुनेहरुमा अधिकांश युवाहरु नै थिए । युवाहरुले आन्दोलन उत्कर्षमा पुरयाउँदा पनि मधेशको माग सम्बोधन नहँुदा सबै भन्दा बढी निराश तिनै युवाहरु भएका छन् । अहिले मधेश आन्दोलन safe landing (सुरक्षित अवतरन) र face saving (मुख छुपाउने) को अवस्थामा छ । जसले गर्दा सम्पुर्ण मधेशी जनतामा नैराश्यता छाएको छ । 

तर पछिल्लो समयमा प्रहरी प्रसासनले आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका युवाहरुलाई विभिन्न किसिमका मुद्धा लगाएर पक्राउ गर्न थालेका छन् । कतिपय आन्दोलनकारीहरु घर बाहिर निस्कने अवस्थामा छैन । सामान्य मुद्धा देखि कतव्र्य ज्यान सम्मका मुद्धा दर्ता गराएर मधेशी युवाहरुको मनोवल गिराउने काम हुँदैछ । यस्ता मुद्धाहरुमा धरौटीमा रिहा हुने आन्दोलनकारीहरु संग धेरै रकम असुल्ने गर्दछ । यसले आन्दोलनकारी युवाहरुलाई आर्थिक र मानसिक रुपमा कमजोर बनाउुँदैछ । महोतरी जिल्लाका सद्भावना पार्टीका मोहन ठाकुर लगायतलाई पक्राउ गरेर कर्तव्य ज्यानको मुद्धा दर्ता गर्नु यसको ताजा उदाहरण हो ।

आन्दोलनमा दुबै पक्ष विच कमि कमजोरी भएका होलान् तर कानुनी दायरामा आन्दोलनकारीलाई मात्रै ल्याउनु विभेदपुर्ण हो । आन्दोलनकारीहरुलाई सिधै टाउको र छातीमा गोली हान्ने सुरक्षाकर्मीहरु माथि छानबिन हुनुपर्छ कि पदैन ? मधेश आन्दोलनमा भएका मानव अधिकार उल्घंनका घटनाहरुको पनि छानविन हुर्नुपर्छ । साथै मधेशी युवाहरु माथि लगाएको मुद्धाबारे मधेशी दल, अधिकारकर्मी, बुद्धिजीविहरुले अग्रसरता लिनुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..