» » अग्नीपीडितलाई राहत

फाइल फोटो
लहान, फागुन १२ गते । सिरहाको विष्णुपुरकट्टी–१ भर्लेनीका अग्निपीडित परिवारलाई आज पनि विभिन्न संस्थाले आर्थिक तथा खाद्यान्न सामग्री वितरण गरेका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समिति सिरहाले विष्णुपुरकट्टी–१ भर्लेनीका अग्निपीडित परिवारलाई आज राहत स्वरुप आर्थिक सहयोग वितरण गरेको छ ।
उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले अग्निपीडित २६ परिवारलाई रु पाँच हजारका दरले र घाइते एक महिलालाई रु पाँच हजार आर्थिक सहयोग वितरण गर्नुभयो ।

यसैगरी, सिरहाको क्षेत्र नं–४ बाट निर्वाचित सांसद रामचन्द्र यादवले पनि अग्निपीडित परिवारलाई सात क्वीन्टल चामल, ४० किलो दाल र ४० किलो नुन राहत सहयोग वितरण गर्नुभयो ।

त्यसैगरी, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानले अग्निपीडितलाई प्रतिपरिवार एक बोरा चामल, नुन दुई किलो, दाल एक किलो र पाँच प्याकेट चाउचाउ वितरण गरेको सो संस्थाका अध्यक्ष सुशीलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यता लहान उद्योग वाणिज्यले पनि आजै खाद्यान्न तथा धनगढीमाई नगरपालिकाले कम्बल वितरण गरेको सिरहाका प्रजिअ मानन्धरले जानकारी दिनुभयो ।

यसअघि, सोमबार मात्रै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले त्रिपाल, चाउचाउ, भुजालगायतका सामग्री वितरण गर्नुभएको थियो ।

गएको आइतबार दिउँसो भएको आगलागीमा स्थानीय २६ परिवारको ४६ घर जलेर नष्ट हुँदा रु डेढ करोड मूल्य बराबरको क्षति भएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..