» » ट्रक र मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते

मेलम्ची, माघ २१ गते । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९ थाक्ले भन्ने स्थानमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेलम्ची नपा–९ थाक्लेकी ७० वर्षीया सुकुमाया तामाङको उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

बाहुनेपाटी बजारबाट ढुटो, जस्तापातालगायतका सामग्री बोकेर थाक्लेतर्फ गएको बा३ख ५१७१ नंको मिनीट्रक बढी भारका कारण दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरूको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्रक चालक दुर्घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।

मोटरसाइकल दुर्घटनामा चारजना घाइते
त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको मधुपटृीमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ५२५ नम्बरको र पश्चिमबाट पूर्व आउँदै गरेको स ५ प ७२८ नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ । घाइते चारजनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..