» » एचआईभी÷एड्सको कारण ४ सय ८ जनाको मृत्यु

डोटी, फाल्गुन १२ गते । सुदूरपश्चिममा आर्थिक बर्ष २०७१ र ०७२ सम्ममा एचआईभी÷एड्सका कारण ४ सय ८ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ सम्म सुदूरपश्चिमका नौ ओटै जिल्लामा एचआईभी÷एड्सका कारण ४ सय ८ जनाले ज्यान गुमाएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।
एड्सका कारण अछाममा सवैभन्दा बढी १ सय ४४ जनाले ज्यान गुमाएका छन भने सवै भन्दा कम वाजुरामा ४ जनाले ज्यान गुमाएका छन । यस्तै कैलालीमा १ सय ३८, डोटीमा ८७, कन्चनपुरमा १७, बैतडीमा १४, बझाङ्गमा ६ र डडेल्धुरामा पाँच जनाको एड्सको अन्तीम अवस्थामा पुगेर ज्यान गएको सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका एचआईभी कार्यक्रम सम्पर्क व्यक्ति मनोज ओझाले जानकारी दिनुभयो । यस क्षेत्रमा महामारीको रुपमा फैलिएको एचआईभी÷ एड्सवाट हालसम्म ५ हजार ४ सय ४ जना संक्रमित रहेको जनाइएको छ । कामको सिलसिलामा भारत जाने व्यक्तिहरु र तिनका श्रीमती तथा छोराछोरीहरुमा एचआईभीको संक्रमण बढी देखिएको सरोकारवालाहरुले बताएका छन ।
सुदूरपश्चिममा एचआईभी÷एड्सको क्षेत्रमा करीव दुई दर्जन गैरसरकारी संस्थाहरुले काम गरिरहेको भएपनि संक्रमितहरुको संख्या भने बढ्दै गएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..