» » प्रजातन्त्रकै दिन भारत भ्रमणमा प्रम ओली जाने पक्का

काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री केपी ओलीको फागुन ७ गते भारत भ्रमण गर्ने भएका छन् । ओली कै भ्रमणको तयारीका लागि दिल्ली भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेल र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आइतबार साँझ भयो सोही भेटमा ओलीको भ्रमण मिति तय गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

मन्त्री पौडेल र भारतीय विदेशमन्त्री स्वराजबीचको भेटवार्तामा भारतीय राजदूत रणजीत राय, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि लगायतको उपस्थिती थियो । आइतबार नै दिल्ली पुगेका मन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणका बारेमा निकै उत्सुकता थियो । भारत र चीनले एकैसाथ निमन्त्रणा गरेका ओलीले पहिलो विदेश भ्रमणमा कुन छिमेकीलाई रोज्ने हुन् भन्नेमा कौतुहलता थियो । ओलीले नाकाबन्दी नखुलेसम्म आफू भारत नजाने अडान राख्दै आएका थिए । भारतले भने नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने चाहँदै आएको छ र परम्परा पनि यस्तै नै देखिन्छ ।

पछिल्लो समय अघोषित नाकाबन्दी अघोषित रुपमै खुलेका कारण प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमण भारत बनाउन सहज भएको हो । सरकारले प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउने घोषणा गरे पनि प्रजातन्त्र दिवसकै दिन ओली भारत प्रस्थान गर्ने भएका छन् । उनले फागुन ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम निर्धारण भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..