» » आन्दोलनको क्रममा समातिएका मोर्चा नेता रिहाय


सप्तरी, माघ २० गते । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध गर्नेक्रममा पक्राउ परेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले आज रिहा गरेका छन् ।

पक्राउ परेका सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष वीरेन्द्र साह, नेकपा ९माओवादी० मातृका समूहका जयप्रकाश यादवसहितका कार्यकर्तालाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।

हिजो नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा मोर्चा कार्यकर्ताले अवरोध पु¥याउन खोज्दा १० जनाभन्दा बढी मधेसी मोर्चा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..