» » लक्ष्मणलाल कर्णले भने, प्रधानमन्त्रीलाई भारत जान भिसा बनाउने काम मधेशी मोर्चाले गर्दैन


काठमाडौ फागुन ५ गते । उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउन आज तनि दल र मधेशी मोर्चाबीच भएको छलफलमा कुनै निष्कर्ष निस्कन सकेन ।
संयन्त्रका लागि हुने सम्झौतमा तीन दलले हिमाल, पहाड र तरांईमा देखिएको सिमांकनको समस्या समाधान गर्नका लागि भनि उल्लेख गर्न चाहेका छन् भने मधेशी मोर्चाले तराई मधेश शब्द मात्र उल्लेख गर्नुपर्ने अडान लिएको छ ।
बैठकमा एमालेका नेता भिम रावलले राखेको यो प्रस्तावको खण्डन गर्दै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आन्दोलन तराई मधेशमा भएको छ कि हिमाल पहाडमा ? यदि तराई मधेशमा आन्दोलन भएको छ भने तराई मधेश शब्द मात्र राख्नु पर्ने अन्यथा अरु स्वीकार हुँदैन भनि कुरा राखेका थिए ।

त्यस्तै तीन दलले राजनीतिक संयन्त्रको म्याद तीन महिनाको हुनेछ र तीन महिनाभित्र आएको प्रतिवेदनको आधारमा एकसत्ताभित्र सविधान संशोधन प्रकृया शुरु गर्ने प्रस्ताव राख्दा मधेशी मोर्चाले तीन महिनाको समय सीमालाई अस्वीकार गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत पठाउन भिसा दिने काम मधेशी मोर्चाले नगर्ने बताउँदै कसैलाई कतै भ्रमणमा जानुछ भने हतार हतारमा जेपाए त्यही सहमति गर्न मोर्चा तयार नहुने बताए ।

उनले तरायृ मधेशको मागलाई आधार मानेर संयन्त्र तथा त्यसको कार्यविधि बनाउनुपर्ने उल्लेख गर्दै दुई प्रदेश आफूहरुको बटमलाइन रहेको र त्यसको आधारमा संयन्त्र बनाउनुपर्ने बताए ।

कार्यदलमा तीन सदस्य थप भएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका नेता परमेश साह र नेपाल सद्भावना पार्टीका संसद डिम्पल झा कार्यदलमा सामेल भएका छन् ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..