» » धनुषा र महोत्तरी सडक खण्डको लोकल सबारी सञ्चालनमा

महोत्तरी, माघ १९ गते । आइतबारदेखि बन्द महोत्तरी र धनुषामा आजदेखि लोकल यातायात सेवा फेरी सञ्चालनमा आएको छ ।

संयुक्त लोकतान्त्रिक मधेरी मोर्चाले आह्वान गरेको यातायात बन्द फिर्ता लिएसँगै आजदेखि जलेश्वर–जनकपुर, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–मटिहानी सडकखण्डमा यातायात सञ्चालनमा आएका हुन् ।

त्यस्तै धनुषा सदरमुकाम जनकपुरमा पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जनाएको छ । पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्चालनमा आएको सार्वजनिक यातायात सेवा बीचमा रङ्गेली र जनकपुर घटनाका कारण दुई पटक बन्द भएर आजदेखि सञ्चालनमा आएको बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..