» » मधेशमा बढ्यो अपहरण, ५० लाख फिरौति नदिदाँ वालकको हत्या,५ जनालाई जेल चलान

महोत्तरी, फाल्गुन ४ गते । जिल्ला अदालत महोत्तरीले जलेश्वरका ११ वर्षिय स्कूले बालक निश्चल पाण्डेको अपहरणपछि हत्या गरेको अभियोगमा पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

अदालतले बालक हत्या अभियोगमा पक्राउ परेका जलेश्वर–१ का पप्पु यादव, जलेश्वर–६ का गोविन्द कुमार मिश्र, जलेश्वर–१२ का सरोज पाण्डे र सञ्जिव मिश्र तथा जलेश्वर–८ का शिवम चौधरी सोमबार जेल चलान गरेका हुन् । गत पुस २९ गते जलेश्वर–१२ भिठ्ठामोड बसपार्कबाट नविन पाण्डेका ११ वर्षिय छोरा निश्चलको अपहरणपछि उनीहरुले नै हत्या गरेको प्रहरीको दावी छ ।

महोत्तरीका एसपी जनक भट्टराईका अनुसार जलेश्वर–१२ मलिबारा घर भएका निश्चलको शव प्रहरीले अपहरणको पाँच दिनपछि जलेश्वर–१३ मा रहेको रातु खोला किनारमा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको थियो । फिरौती असुल्ने उद्देश्यले बालकको अपहरण गरेको बयान उनीहरुले प्रहरीलाई दिएका छन् ।

अपहरण गरेर लैजाँदा बालक चिच्याएपछि मुख थुन्दा बालकको ज्यान गएको पक्राउ परेकाहरुले प्रहरीसँग बयान समेत दिएका छन् । अपहरणपछि उनीहरुले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

गएको महिना महोत्तरीमा ११ वर्षका निश्चलसहित दुई बालकको अपहरणपछि हत्या भएको थियो । बालक हत्यामा संलग्न अन्य केही फरार रहेका र उनीहरुको खोजी भइरहेको महोत्तरीका एसपी भट्टराईले जानकारी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..