» » ओलीलाई भारतमा विशेष सम्मान: राष्ट्रपति निवासमा हुदैछ उनको वास

काठमाडौ फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण राजकीय हुने जानकारी भारतीय अधिकारीबाट प्राप्त भएको छ । 
उपप्रधानमन्त्री सीपी मैनालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ‘राजकीय’ सद्भाव-भ्रमण हुनेछ । तर भेटघाट र भ्रमणको विस्तृत तालिकालाई अन्तिम रुप दिन बाँकी छ । 
दुबै देशका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक पुष्टि गर्दै शुक्रवार निकालेको विज्ञप्तिमा भ्रमणको प्रकृतिबारे केही उल्लेख थिएन।
तर दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि आफूहरुसँगको कुराकानीमा भारतीय पक्षबाट भ्रमण राजकीय हुने बताइएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा बस्ने प्रबन्ध मिलाइने छ।
राजदूत उपाध्यायले भने, “प्रधानमन्त्री र अन्य दशजनालाई राष्ट्रपति भवनमा र अरुलाई बाहिर होटलमा बस्ने व्यवस्था गरिने हामीलाई भनिएको छ।”
सामान्यतया पञ्चायतकालमा राजा र २०४६ सालको जनआन्दोलनपछिका सरकार प्रमुखका भारत भ्रमण राजकीय नै हुने गरेका थिए भने बस्ने व्यवस्था पनि राष्ट्रपति भवनमै मिलाउने प्रचलन जस्तै थियो ।
राजकीय भ्रमणलाई कुटनीतिक रुपमा सबैभन्दा उपल्लो तहको भ्रमणका रुपमा लिइन्छ।
तर दोश्रो जनआन्दोलनपछि संविधानसभाबाट निर्वाचित सबैजसो प्रधानमन्त्रीका भ्रमणलाई राजकीय नभनिएको जानकारहरुको भनाई छ। उनीहरुलाई बस्ने व्यवस्था पनि होटलमै मिलाइएको थियो।
भारतकानिम्ति नेपालका पूर्वराजदूत लोकराज बराल प्रधानमन्त्री ओलीको भ्रमणलाई राजकीय भनियो वा भनिएन भने पनि त्यसले कुनै कुटनीतिक वा राजनीतिक अर्थ नराख्ने बताउँछन्।
उनी भन्छन्, “पहिले राष्ट्रपति भवनमै बसाउने चलन थियो, त्यसमा अलिकति परिवर्तन गरिएको छ। त्यहाँ बसाईयो भने पनि त्यसले विशेष सम्बन्ध वा भयंकर सत्कारको संकेत गर्छ जस्तो लाग्दैन।”
नेपाली भ्रमण टोलीको आकार ठूलो हुँदै गएपछि सबैलाई राष्ट्रपति भवनमा बस्ने प्रवन्ध मिलाउन नसकिने भएकाले पनि परम्परा तोडिएको हुनसक्ने कतिपयको आँकलन छ।
भारत भ्रमणका क्रममा विश्वका शक्तिशाली देशका कार्यकारी प्रमुखहरुको बसाई पनि होटलमै हुने गरेको भन्दै पूर्वराजदूत बराल पनि विगतको परम्परा तोडिनुको कारण व्यवहारिक कठिनाई हुनसक्ने बताउँछन्।
तर दुई देशबीचको सम्बन्ध निकै कटुतापूर्ण बनेको देखिएका बेला तोडिएको प्रचलन ओलीकै भ्रमणका बेला किन जोड्न खोजियो होला भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ भनि बिबिसीले जनाएको छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..