» » अजित कुमारको मिथिला चित्रकाला

सांकेतिक फोटो

काठमाडौँ, फागुन १५ गते । हिमाल, पहाड र तराई–मधेसलाई कलाको माध्यमले जोड्ने उद्देश्यले कलाकार अजितकुमार साहले कोरेका ‘मिथिला चित्रकला’ प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा सुरु भएको छ ।

‘लुम्बिनी वल्र्ड पिस फोरम’को आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा यही फागुन १८ गतेसम्म चल्ने ‘सद्भाव’ शीर्षक प्रदर्शनीमा साहले मिथिला संस्कृतिलाई केन्द्रविन्दुमा राखेर बनाएका ३५ चित्र समावेश छन् । साथै देशमा सामाजिक सद्भाव कायम राख्न सघाउ पु¥याउने र विविधता झल्किने चित्र समेत त्यहाँ समावेश छन् । बुद्धका विभिन्न आकृतिका चित्र, गणेश, विष्णु, शक्तिकी प्रतीक काली आदि चित्रले पनि प्रदर्शनीको शोभा बढाएका छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रदर्शनी उद्घाटन गर्दै संविधान निर्माणसँगै खल्बलिन खोजेको शान्तिलाई पुनः फर्काउँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव फैलाउन चित्रकलाको माध्यम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “कलाकारिता साँच्चै सामाजिक सद्भावको एक सूत्र हो ।”

पूर्वमन्त्री गणेश साहले तराई र पहाडबीच भएको भ्रातृत्व, सद्भाव र एकता चित्रकलाका माध्यमले थप कसिलो बनाउन सकिने धारणा राखनुभयो । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएम सेनेभिराथानाले नेपाली र श्रीलङ्काली कलामा धेरै समानता देखिने बताउँदै कलाकार साहलाई कला प्रदर्शनीका लागि आफ्नो देशमा निम्तो दिनुभयो ।

आयोजक फोरमका अध्यक्ष वासु गौतमले आफ्नो संस्थाले सन् २०१६ लाई ‘सद्भाव वर्ष’का रुपमा मनाउने र तराईका सात जिल्लाका टीकापुर, कोहलपुर, वीरगन्ज, राजविराज, विराटनगरलगायत सहरमा टी–ट्वेन्टी क्रिकेट र साइक्लिङ आयोजना गर्ने जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..