» » राजधानी केन्द्रीत आन्दोलन गर्ने गठबन्धनको निर्णय


काठमाडौं, १६ फागुन ः पहिचान र संघीयता पक्षधर संघीय गठबन्धनले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

आज संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले मधेसी, आदिवासी जनजाति, थारुलगायतसँग मिलेर संयुक्त देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै संघीय समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले हिमाल, पहाड र तराईसँगै राजधानीलाई प्रभावमा पार्न संयुक्त जनआन्दोलन गर्न लागिएको बताउनु भयो । विगतका आन्दोलनको समीक्षा गर्दै अबको आन्दोलन राजधानीलाई मुख्यगरी प्रभावमा पार्न संघीयता र पहिचान पक्षधरले देशव्यापी जनआन्दोलन गर्ने उहाँले बताउनुभयो ।

संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा सम्पन्न बैठकले गठबन्धनमा थप चार पार्टीलाई समेत समेटेको छ । यसअघि गठबन्धनमा नौ ओटा पार्टी थिए ।
थपिएका पार्टीहरुमा राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र लोक दल छन् ।

गठबन्धनमा एमाओवादी र विजय गच्छदार नेतृत्वको फोरम (लोतान्त्रिक) बाहेक सबै दललाई समेटिने तयारी भइरहेको संघीय समाजवादीका सह–अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बैठकमा संघीय समाजवादीका वरिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतको उपस्थिति थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..