» » पसलबाट हराएकी बालिकाको शव बरामद


पर्सा, फागुन १५ गते । आफ्नै पसलबाट हराएकी १५ महिने बालिकाको शव फेला परेको छ ।

वीरगन्ज उपमहानगरपालिका–१९ रजतजयन्ती चोकस्थित आफ्नै पसलबाट हराएकी रुपाकुमारी आज पसलभन्दा केही पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहीबार साँझ करिब ६ बजेतिर स्तनपान गराएर पसलसँगै रहेको घरमा सुताएकी छोरीलाई पसल बन्द गरेर राति ९ बजे हेर्दा त्यहाँ नदेखेपछि चारैतिर खोजबिन सुरु गरेकी अनितादेवीले आफ्नो छोरी नभेटेपछि राति नै प्रहरीलाई उजुरी गर्नुभएको थियो ।

बालिकाको हत्यामा संलग्न हुन सक्ने सूचनाका आधारमा अनितादेवीका पति सुनिल यादव र पूर्वपति देवेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अनिताले देवेन्द्रसँग वैवाहिक सम्बन्धबिच्छेद गरी सुनिलसँग दोस्रो विवाह गर्नुभएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..