» » अव उच्चमावि शिक्षाको नतिजा ग्रेडिङ्ग प्रणालीमा

काठमाडौं, फाल्गुन १२ गते । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को नतिजा लेटर ग्रडिङ प्रणालीबाट सार्वजनिक गर्ने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकले आउँदो शैक्षिक सत्रबाट ११ मा भर्ना भएका विद्यार्थीको मूल्यांकन ग्रेडिङ पद्दतिबाट गर्ने निर्णय लिएको हो । एसएलसी जस्तै उच्च माध्यमिक तह र सिटिइभीटीमा ग्रेडिङ पद्दति लागू गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

निर्णय कार्यान्वयन गर्न परिषद्का प्रशासनि महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..