» » पीडित महिलाले भनिन् –‘प्रहरीमा भएको छलफल कार्यान्वयन गराइ दिनु हजुर’


सिरहा, फागुन ८ गते मधेसको सिरहा जिल्लाको लहान नगरपालिका । जुन नगरपालिका पूर्वपश्चिम लोकमार्गमै अवस्थित छ ।

जुन नगरपालिका रहेको इलाका प्रहरी कार्यालय लहानमा जिल्ला प्रहरी कार्यालय सिरहाभन्दा बढि चाप हुन्छ । फेरी लहानमा प्राय जसो आन्दोलन भइरहन्छ ।

यस्तो ठाउको प्रहरी प्रमुखले कार्यालय छाडेर अन्यन्त्र समय दिन सोच्नै गाह«ो हुने गर्छ । त्यस्तो अवस्थामा समेत समय निकालेर लागु औषध सेवन तथा लागुपदार्थ दुव्र्यसनीबाट लहान नगरपालिकाका महिलाहरुमा बढिरहेको घरेलु हिंसालाई न्युनिकरण गर्न लहान नगरपालिका स्थित नागरिक सचेतना केन्द्रहरुमा सचेतना कार्यक्रम शुरुवात गरिएको छ ।

प्रहरी कार्यालयमा पुग्ने पीडित महिलाहरुले बढि जसो घरेलु हिंसाबाट पीडित रहेको दुखेको पोख्न थालेपछि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्गर्तत लहान नगरपालिका वडा नम्बर ८ मा रहेको माँ शारदे नागरिक सचेतना केन्द्र्रमा शनिवार इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चर्तुवेदी पुगेका थिए ।

प्रनाउ चर्तुवेदीले लागुऔषधबाट महिलामा पर्ने प्रभाव र कसैले घरेलु हिंसामा गरेमा हुने कार्वाही बारे बताएपछि समुहमा बसेकी एक जना करिब ४० बर्षकी महिलाले आँशु झार्दै भनिन् –‘श्रीमान्बाट हुने घरेलु हिंसाले जवान छोरी गुमाए । श्रीमान् अर्कै महिलालाई लिएर बसिरहेको छ । न त मलाई राम्ररी हेर्छ । न त बाँकी छोराछोरीलाई । खान लाउन केही दिदैन ।’ उनले थपिन – ‘खान लाउन दिन्छु । सवैलाई राम्ररी हेर विचार गर्छु भनेर एक पटक प्रहरी कार्यालयमा कागज पनि गरेको छ ।

तर हामीलाई केही गर्दैन हजुर । तपाईहरुले मलाई सहयोग गरिदिनु प¥यो ।’ उक्त महिलाले पतिबाट पाएको हिंसालाई खप्न नसकी उनकी करिब २० बर्षकी अविवाहित छोरी ३ महिना अगाडि आफ्नै घरमा आत्महत्या गरिन् ।

महिलाको आँखाबाट झरेको आँशु देखेर प्रहरी नायब उपरीक्षक चर्तुवेदीले अक्कमक्क हुदै तत्काल कार्वाही प्रक्रिया अगाडि बढाउने भन्दै सोही ठाउँमा रहेको सामाजिक परिचालकलाई महिलालाई लिएर प्रहरी कार्यालयमा आउन आग्रह गरे ।

सो महिलाले आफ्नो पीडा राख्ने वित्तिकै उपस्थित अरु महिलाले समेत आफ्नो पीडामा सहयोग गर्न प्रहरी नायब उपरीक्षक चर्तुवेदीलाई आग्रह गरेका थिए ।

महिलाहरुको दुखेको सुनेपछि उनले भने –‘तपाईहरुको पीडा सुनेर म आफै भावुक बने अपराध गर्नेहरुलाई कार्वाही गराउन लहान प्रहरी कुनै बेला पछाडि पर्दैन । प्रहरीमा गएर घरेलु हिंसा सम्बन्धि मौखिक उजुरी दिनुहोस् ।’

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्गर्तत लहान नगरपालिकामा रहेको नागरिक सचेतना केन्द्रमा चलाइने विज्ञ कक्षा अन्गर्तत स्थानीय सेवा प्रदायक संस्था समग्र जन उत्थान केन्द्रले लागुऔषध तथा घरेलु हिंसा न्युनिकरणका लागि सचेतना कार्यक्रम संचालन गरिएको समग्र जनउत्थान केन्द्रका कार्यक्रम संयोजक दिलिप कुमार सिंहले बताए । उनका अनुसार लहान नगरपालिकाको २२ वटा वडा मध्ये ११ वटा वडामा रहेको नागरिक सचेतना केन्द्रहरुमा विज्ञ कक्षा संचालन गर्न इलाका प्रहरी कार्यालय लहानसंग समन्वय भइरहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..