» » मातृकाको आन्दोलन समितीले अधिकारको लागि गर्ने आन्दोलनको चरण यस्तो रहेछ,

राजविराज, माघ २७ गते । अब अधिकारको संघर्ष नयाँ ढंगले लड्नुपर्ने धारणा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवल राखेका छन् ।
समितीले आन्दोलनलाई नयाँ ढंगले निर्णायक संघर्षमा विकास गर्नका लागि २० बुँदे संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छ । समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले सत्ता र भत्तामुखी दलहरुले आन्दोलनलाई बेच्नुका साथै बर्बाद गरेको आरोप लगाएका छन् ।


‘प्रलोभनमा परी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रतिक्रियावादी शासकहरुको मिलोमतोमा अघोषित रुपमा कमजोर बनाएको र आन्दोलनमा सहभागी अरु मोर्चाहरुसँग सल्लाहै नगरी २५ गतेदेखि घोषित रुपमा फिर्ता लिई शहीदहरुलाई अपमान गरेको र उत्पीडित मधेशी जनसमुदायलाई धोका दिएको’ संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले आरोप लगाएको छ । समितिले फागुन १ गतेदेखि चैत्र २१ गतेसम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु पत्र सहित घोषणा गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..