» » मधेसी मोर्चाको निर्णयलाई प्रधानमन्त्रीद्धारा स्वागत


काठमाडौँ, माघ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सम्पूर्ण विरोधका कार्यक्रम स्थगन गर्नु जायज निर्णय भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु ।” मोर्चाको आज बसेको बैठकले सम्पूर्ण विरोधका कार्यक्रम स्थगन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले त्यसलाई मुलुक र जनताप्रतिको सकारात्मक कदमको रुपमा लिँदै उक्त निर्णयको स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ– “आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई तत्कालका लागि स्थगन गर्ने भनी गरिएको निर्णयको म स्वागत गर्दछु ।”
मुलुकका समस्याको सबैले मिलेर समाधान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले बाँकी रहेका विवाद र असहमतिका विषयलाई पनि वार्ता र संवादबाटै हल गर्न सकिने विश्वासका साथ त्यसका लागि सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..