» » मधेसी विद्यार्थीले दिए भारत विरूद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौ फागुन ८ गते । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका मधेसी विद्यार्थीलाई रिहाइ गर्न संयुक्त विद्यार्थी मंचले माग गरेको छ ।
मोर्चाले आज विज्ञप्ति जारी गरि ओलीको भ्रमणको क्रममा मधेसी, आदीवासी, जनजातीकोको छाता संगठन मधेसी युनाइटेडले कालो झण्डा देखाउदा भारतीय प्रहरीले पक्राउ गरेको भन्दै त्यसको निन्दा गरेको छ।
पक्राउ परेकालाई तत्काल विना शर्त रिहाइको माग गर्दै विना शर्त रिहाय नगरे भारत सरकार विरूद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ् ।
विज्ञप्तिमा तराई मधेस विद्यार्थी फ्रन्टका मनिष मिस्र, नेपाल लोकतान्त्रिक विद्यार्थीका जेपी यादव, सघीय समाजवादी विद्यार्थी फोरमका विवेक राई, विद्यार्थी मंचका पन्नालाल यादव, समाजवादी विद्यार्थी संघका पंकज देव, सघीय विद्यार्थी मंचका उमा शंकर यादवको हस्ताक्षर रहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..