» » साइन्स पढेका लक्ष्मणको ‘विजनेश’ माइण्ड


दुब्लो पातलो, साढे पाँच फिटका केटो टाइ कोटमा ठडिएर जब सेतो सेन्ट्रो कारमा जब निस्किन्छ अनि हेर्नले भन्छन् वाउ । सालिन, मृदुलभाषि, हँसिलो चेहरा भएका ती युवा हुन् लक्ष्मण यादव । उनको त्यो पर्सनालिटी हेर्दा उनी कुनै विजनेस म्यान हुन् । र, हो पनि उनको हाल आफ्नै कुनै विजनेश नभएपनि एक समयमा उनले आफ्नै विजनेश शुरु गरेका थिए त्यो पनि शिक्षाको ।

साइन्स ब्याकग्राउण्डका लक्ष्मणको त्यो पर्सनालिटी जो कोहीलाई प्रभावमा पार्र्दछन् । र, त्यही आफ्नो पर्सनालिटी अर्थात व्यक्तित्वका कारण आज यहाँसम्म आइपुगेका छन् । समाजमा विकास गर्नका लागि सबभन्दा महत्वपूर्ण शिक्षा हो भनि कुरा राम्रैसँग बुझेका लक्ष्मण विद्यार्थीकालमा नै शिक्षामा लगानी गरेका थिए । काठमाडौको पाटन क्याम्पसमा बीएससी पढ्दै गरेको अवस्थामा उनले आफ्नो गाउँमा ह्यारो इगलिंश बोर्डिगं स्कूल खोलेका थिए । त्यति मात्रै होइन, काठमाडौको एउटा सरकारी स्कूल जहाँको एसएससी रिजल्ट कमजोर आउने गरेको देखेर उनी त्यहाँ भोलेन्टियरमा पढाउन पनि तयार भएका थिए । र पछि आफैले पनि काठमाडौमा साइन्स कलेज खोलेका थिए ।

उनले आफ्नो गाउँमा स्कूल खोलेको पनि एउटा कथा छ । एक दिन आफ्नो गाउँबाट काठमाडौ फर्किन लाग्दा राती बसको प्रतिक्षामा उनी राजमार्गमा बसेका थिए । बसको प्रतिक्षामा बसेका उनको दिमागमा एउटा इगंलिस स्कूल खोल्ने कुरा खेल्यो । गाउँमा स्कूल नभएको कारण विद्यार्थीहरुलाई गाउँभन्दा डेढ किलोमिटर टाढा गएर पढ्नुपर्ने बाध्यता रहेको कुराले गर्दा लक्ष्मण निकै दुखि थिए । यस्तो कुरा उनको दिमागमा आएपछि त्यतिबेलै उनी राजमार्गबाट राती नै घर फर्के । घरमा पुगेर उनले आफ्नो बुवालाई भने, बुवा आफ्नो गाउँमा स्कूल खोल्नु पर्यो । गाउँका केटाकेटीलाई पढ्नका लागि टाढा टाढा जानु परेको छ । आफ्नै गाउँमा भएपछि सबैले पढ्न पाउँछन् ।’

यो कुरा सुनेर उनको बुवाले भने, लक्ष्मणले यो के भनेको हो ? अहिले नै तिम्रो दिमागमा यस्तो कुरा कसरी आयो । अहिले पढ्ने लेख्ने उमेर हो । यस्तो कुराहरुमा नफँस । जा काठमाडौ बसेर पढ लेख गर ।’ यो कुरा उनलाई बाल्यकालमा बढाएका शिक्षक सजनलालले सुनि सकेका थिए । शिक्षक सजनलालले उनको बुवालाई भने, मालिक छोराले पहिलो पटक केही गर्ने भन्नुभएको छ । उहाँले चाहनु भएको काम गर्न दिनुस् ।’

त्यसपछि लक्ष्मणका बुवाले स्कूल खोल्न दिने राजि भए । आफ्नै जग्गामा घर बनाएर सबै नियम पूरा गरि स्कूल सञ्चालन गरे । उनी आफै सो स्कूलको फाउण्डर भए भने प्रिन्सिपलमा भूपलाल कर्णलाई राखे । स्कूल सञ्चालन गरेर मात्र भएन त्यहाँ विद्यार्थी पनि आउनु पर्यो । त्यतिबेला गाउँका मान्छेले आआफ्ना बालबच्चालाई बोर्डिगं स्कूलमा पढाउन चाहदैन्थे । महँगो हुन्छ भनेर गाउँ घरका सर्वसाधारण, मध्यमवर्गका किसानले बोर्डिगं स्कूलमा पढाउन चाहन्नथे ।

तर लक्ष्मण पनि त्यतिकै मान्नेवाला कहाँ थियो र । लक्ष्मणले आफ्नो अनुभव सुनाउँदै भने, गाउँघरका मान्छेलाई कन्भिन्स गर्न गाह्रो तर ठानेपछि हुँदो रहेछ ।  मैले गाउँ गाउँ गएर अभिभावकलाई कन्भिन्स गरे । बोर्डिगंमा पढाउनुको महत्व बताए । यहाँसम्म कि म डोम समुदायको घरमा पनि पुगेको छु । त्यहाँ पनि सम्झाउँदा उहाँहरुले पनि आफ्नो बच्चालाई स्कूल पढ्न पठाएका थिए । आज उनीहरु विदेशमा राम्रो ठाउँमा जागिर गरिरहेका छन् ।


लक्ष्मण यसरी भए मास्टर

सिरहाको वस्तीपुरबाट २०४५ सालमा दोस्रो श्रेणीबाट एसएलसी पास गरेर उनी आइएससी पढ्नका लागि भारत विहारको मधुवनी गएका थिए । त्यहाँबाट फस्ट डिभिजनमा पास गरि ०४८ सालमा बीएससी पढ्न काठमाडौ आएका थिए । पाटन क्याम्पसमा बीएससी पढ्दै गर्दा कंलकीमा रहेका जनपथ स्कूलका एकजना शिक्षक पुष्प गौतमले उनलाई सो स्कूलमा पढाई दिन आग्रह गरेका थिए । त्यसरी आग्रह गर्नुको कारण थियो, त्यहाँका विद्यार्थीहरु साइन्स र म्याथमा निकै कमजोर थियो र सोही कमजोरीका कारण एसएलसी परिणाम कमजोर हुन्थ्यो । अर्थात धेरै विद्यार्थी फेल हुन्थ्यो ।

उनी सो स्कूलमा गए । विद्यार्थीहरुको अवस्था हेर्दा साह्रै नै दैनिय थियो । विद्यार्थीहरुको अवस्था हेर्दा लक्ष्मणलाई माया लाग्यो । उनले पैसा नै नलिइकन पढाउने सोच बनाए । विहानको स्कूल भएका कारण यसो एक दुई घण्टी पढाई दिने भनेर लक्ष्मण नियमित स्कूल जान थाले । सानैदेखि पढाई लेखाईमा राम्रो मानिएका लक्ष्मणको पढाईबाट विद्यार्थीहरु निकै प्रभावित भए । त्यसबेला पनि उनी टाइकोट लगाएर स्कूल जान्थे । जुन सो स्कूलका लागि अनौठो थियो । त्यसपछि विद्यार्थीहरु झन प्रभावित भए । स्कूलमा हेडमास्टर प्रभावित नहुने कुरै थिएन । त्यतिकै पढाउन गएका लक्ष्मणलाई त्यहाँको दरबन्दीमा राखेर महिनाको तीन हजार रुपियाँ तलब तोकि दिए ।

उनले पढाउन लागेकै शैक्षिकसत्रदेखि एसएलसीको परिणाम सन्तोषजनक आउन थाल्यो । विहानको स्कूल जाँदा विक्रम टेम्पु चढेर जानु पथ्र्यो । टेम्पु चढेर जानु पर्दा कहिले काही स्कूल पुग्न ढिलो हुन्थ्यो । त्यसले गर्दा उनलाई विद्यार्थीको सामु अप्ठ्यारो महसुश हुन्थ्यो । उनले सो समस्या समाधानका लागि एउटा सुजुकी कम्पनीको मोटर साइकल नै खरिद गरे । स्कूलका लागि त्यो पनि अनौठो भयो । कारण, सो स्कूलमा कोही पनि बाइक चढ्दैन्थे । त्यसले झन लक्ष्मणको शान बढ्यो ।

आर्थिक अवस्था

आर्थिक रुपले लक्ष्मणको घरायसी अवस्था कमजोर थिएन । पढ्नका लागि उनलाई कहिले कुनै समस्या भएन । यहाँसम्म कि काठमाडौमा पढ्न बस्दा एउटा फल्याट लिएर बसेका थिए र उनको खाना पकाउन लुगा धुन र अन्य काम गर्नका लागि उनका बुवाले दुईजना नोकर पनि पठाई दिएका थिए । त्यसअघि पनि पढाईमा उनका बुवाले कुनै कन्जुसाई गरेका थिएन । लक्ष्मणलाई पढाउन घरमै शिक्षक आउथ्यो । वस्तीपुर बढ्दा होस्टलमा बस्थे तर उनका बुवाले शिक्षकलाई यति पैसा दिन्थे कि त्यो शिक्षकले होस्टलमै गएर पढाई दिन्थे ।

मधुवनीको अवस्था पनि त्यस्तै थियो । अर्थात लक्ष्मणलाई आर्थिक अवस्थाले कहिले कुनै समस्या भएन । तर काठमाडौको स्कूलमा पढाउन लाग्दा महिनाको तीन हजार रुपियाँ आउन थालेपछि उनले घरबाट पैसा लिन विस्तारै विस्तारै छाड्न थाले । घरको पैसा लिन छाडेपछि त्यो तीन हजारले काठमाडौमा गुजारा गर्न उनलाई गाह्रो भयो । त्यसपछि उनले अन्य स्कूलहरुमा पनि पढाउन थाले ।

अरु अरु प्राइभेट स्कूलमा पढाउन थालेपछि उनको डिमाण्ड झन बढ्यो । त्यसपछि स्कूलहरुले उनलाई आफै बोलाउन थाल्यो । अब उनलाई भ्याई नभ्याई भयो । तर जे जस्तो व्यस्त भएपनि उनले जनपथ स्कूललाई छाडेनन् । किनभने त्यो स्कूलसँग उनको अर्कै सम्बन्ध जुडिसकेको थियो । विहानको स्कूल भएका कारणले उनलाई सजिलो पनि थियो अरु ठाउँमा पढाउनलाई । प्राइभेट स्कूलमा पढाउँदा उनले एक घण्टाको पाँच हजार रुपियाँ लिन्थे । तीन चारवटा स्कूलमा पढाउन थालेपछि उनको आम्दानी राम्रो हुन थाल्यो ।

ट्युशनको कमाल

कहिले काही मान्छेको जीवनमा सानोतिनो कुराले ठूलो परिवर्तन गर्दिन्छन् भने उदाहरण लक्ष्मणसँग छ । उनी कहाँ म्याथको ट्युशन पढ्न एकजना विद्यार्थी आउँथे । वर्ड लिंक कलेजमा पढ्ने ति विद्यार्थीले सो कलेजमा लक्ष्मणलाई पढाउन आग्रह गरे । विद्यार्थीले लक्ष्मणलाई आग्रह गरेसँगै उनले आफ्नो कलेजमा पनि कुरा गरे । ती विद्यार्थीले कुरा गरेपछि लक्ष्मणलाई ती स्कूल बोलाए । लक्ष्मण त्यहाँ गएर पनि पढाउन थाले । सन् २००५ देखि पढाउन शुरु गरेका लक्ष्मण त्यही पढाउँदै गर्दा शिक्षक सेवा पनि दिए ।

त्यो कलेजको मालिक थिए विश्वनाथ अग्रवाल जो पहिलो सविधानसभा चुनावमा हरिचरण साह अध्यक्ष रहेको नेपाली जनता दलबाट समानुपातिका सभासद् भएका थिए । पछि हरिचरण साहसँग कुरा नमिलेपछि पार्टीबाट अलग भएका थिए ।

वर्ड लिंक कलेज केही दिन चलाएपछि अग्रवालले लक्ष्मण र त्यही स्कूलमा कार्यरत कुञ्जीलाल यादवलगायतका प्रध्यापकलाई कलेजको मालिक नै बन्न भने । सेयरमा अग्रवाल पनि बस्ने भएपछि कुञ्जीलाल यादव र लक्ष्मणले त्यो कलेज सञ्चालनमा ल्याए । आफ्नै कलेज भएपछि अन्य स्कूल कलेज पढाउन छाडेपनि उनी जनपथ स्कूल पढाउन छाडेका थिएनन् । वर्ड लिंक कलेज चलाउँदै गर्दा शिक्षक सेवाको रिजल्ट आयो ।

 त्यतिबेलासम्म जनपथ स्कूलका हेडमास्टरसँग लक्ष्मणको सम्बन्ध बिग्रि सकेको थियो । त्यसको कारणमा लक्ष्मण भन्छन्, त्यो स्कूलमा पढाउँदै गर्दा अन्य स्कूलमा पढाउनु, पछि आफ्नै कलेज खोल्नु, शिक्षक सेवा पास गर्नु हेडमास्टरलाई मेरो प्रगति सहय भइरहेका थिएन । शिक्षक सेवा पास भएपछि त्यही जनपथ स्कूलमा दरबन्दी राख्ने विचार थियो मेरो । तर हेडमास्टरले शिक्षा अधिकारीसँग कुरा गरेर एउटा सहयोगी माविमा मेरो दरबन्दी कायम गर्न लगाई दियो ।  म त्यहाँ गइनन् । त्यसपछि शिक्षा कार्यालयले नेपाल राष्ट्रिय उच्च माविमा दरबन्दी कायम गरि दियो । त्यहाँ जाने पनि इच्छा जागेन तर के गर्ने जागिरको सवाल हो बुझेर त्यहाँ गए । ’

त्यो स्कूलमा लक्ष्मणले पढाउन थालेपछि आफ्नो कलेजमा त्यति समय दिन सकिरहेका थिएन । त्यति ध्यान दिन नथालेपछि कलेजको अवस्था दिन दिनै विग्रिदै गइरहेको थियो । कुञ्जिलाल यादवले लापारवाही गर्न थाले । हिसाब किताबको हिनामिना गर्न थाले । बाध्य भएर उनले स्कूल छाडेर कलेजमा बढी ध्यान दिन थाले । तर कुञ्जिलाल थोरै दिनमा स्कूलको अवस्था जहाँ पुर्याई दिएको थियो त्यहाँबाट फर्काउन लक्ष्मणलाई हम्मे हम्मे भइरहेको थियो । प्रध्यापकहरु लाई समयमा तलब नदिएर कलेजको नाम पनि बदनाम भइरहेको थियो ।


तर लक्ष्मणको लगनशिलता र व्यवहार हेर्दा विश्वनाथ अग्रवालको छोरा दिलिप अग्रवाल साह्रै प्रभावित भयो । एक दिन दिलिपले लक्ष्मणलाई भने, लक्ष्मणजी तपाई यो कलेज छोड दिनुस् । तपाई मेरै वर्ड लिंक कम्पनीमा काम गर्नुस् ।’ लक्ष्मणलाई कलेज छाड्ने छाड्ने मन थिएन । तर दिलिप मात्र होइन उनका ममीले समेत वर्ड लिंक कम्पनीमा काम गर्न भनेपछि उनी त्यहाँ गएर काम गर्न थाले । कलेज यति बदनाम भइसकेको थियो कि अन्त्यमा गएर त्यसलाई बाध्य भएर बेच्नै पर्यो ।

कलेज बचेर जजसको पैसा बाँकी थियो लक्ष्मणले सबैलाई बोलाएर एक एक रकम चुक्ता गरि दिए र अध्यापन पेसा छाडेर उनी वर्ड लिंक कम्पनीमा काम गर्ने थाले । अहिले सो कम्पनीको डाइरेक्टर पोस्टमा काम गरिरहेका छन् ।

धनिकलाल यादवका छोरा ४२ वर्षीया लक्ष्मणका दुई भाइ र एक वहिनी छन् । लक्ष्मणले आफ्ना भाइ विशेश्वरलाई आफ्नै खर्च (अलि अलि घरले पनि सहयोग गरेको) मा चीनबाट एमबीबीएस पढाएका हुन् । अर्का भाई चन्दन यादव विजनेश गरिरहेका छन् भने वहिनी कविता यादव बीबीएस अध्ययन गरिरहेका छन् । दुई भाइ र एक वहिनीलाई यहाँसम्म ल्याई पुर्याउनुमा लक्ष्मणको ठूलो हात रहेको छ । शिक्षित परिवारका उनी साइन्स र रुलर डेभलेपमेन्टमा मास्टर्स गरेका छन् ।

भविष्यको योजना 

लक्ष्मणले भविष्यमा राजनीतिक गर्ने सोच बनाएका छन् । तर, राजनीतिक गर्दा अरु नेता जस्तो खाली हात होइन । आर्थिक रुपमा सम्पन्न भइसकेपछि मात्र राजनीतिकमा लाग्ने सोच लक्ष्मणको रहेको छ । त्यसको तयारी भइरहेको छ । आर्थिक स्रोतलाई बलियो बनाउनका लागि उनले कृषिमा लगानी लगाई रहेका छन् ।
उनले मिडियाप्रति साह्रो विश्वास गर्ने भएकाले आफ्नै लगानीमा टुडेखबर डट कम पनि सञ्चालनमा ल्याएका छन् । अगामी दिनमा थप लगानी लगाई त्यसलाई ठूलो मिडिया हाउसको रुपमा सञ्चालन गर्ने योजना उनको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..