» » रौतहतमा मन्त्रीको कार्यक्रम मोर्चाले विथोलियो, मञ्च कुर्सी तोडफोड


रौतहत फाल्गुन ६ गते । गौरमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सहभागी हुने भनी प्रचारित कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेका छन् ।

मन्त्री आलमले विहीबार गौर अस्पताल अनुगमन गर्ने पूर्व्निर्धा्रित कार्यक्रम थियो । कार्यक्रमका लागि तयार गरिएको मन्च र कुर्सीहरु मोर्चाका कार्यकर्ताले तोडफोड गरिदिएका छन् । मन्त्री आलम मधेस विरोधी भएकोले उनका कुनै पनि कार्यक्रम हुन नदिन मन्च र कुर्सीहरु तोडफोड गरेको मोर्चा आवद्ध स्थानीय नेताहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमका लागि तयार पारिएको मन्च र कुर्सी तोडफोड गर्ने क्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहिबेर झडप समेत भएको छ । झडपका क्रममा केहि मधेसी मोर्चाका कार्यकर्ता सामन्य घाइते भएको बुझिएको छ ।

साथै प्रहरीको लाठी प्रहारबाट अस्पतालका कर्मचारी प्रविण झा कुटिएप्छि अस्पतालका चिकित्सकहरु पनि विरोधमा उत्रेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..