» » मण्डलद्धारा भारतको विरुद्धमा आन्दोलन गर्ने चेतावनी

काठमाडौ फागुन ८ गते । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका मधेशी विद्यार्थीलाई छाड्न तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले आग्रह गरेको छ ।
उनले पक्राउ परेका विद्यार्थीलाई विनाशर्त रिहाय नगरे भारतीय सरकारको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

हिजो साँझ भारतस्थित नेपाल दूतावास अगाडि प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको आरोपमा उज्जवल झा, सुर्य किरण यादव,  अविशेक मिश्र, विकास मिश्र, संजय यादव लगायत सयकडौं मधेशी विद्यार्थीहरुलाई दिल्ली पुलिसले हिरासतमा राखेको छ ।

हालसम्म उनीहरुलाई छाडेको छैन । विना शर्त रिहायको माग गर्दै त्यहाँ मधेशी विद्यार्थीहरुले दिल्ली सरकारलाई दवाव दिएको रहेको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, नेता उपेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाय गर्न माग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..