» » विखण्डनको दिवा स्वप्न नहेर्न सिके राउतलाई लक्ष्मणलाल कर्णको चेतावनी


काठमाडौ माघ १८ गते । आन्दोलनरत सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको मुलुक विखण्डन गर्ने दिवा स्पप्न कुनै पनि हालतमा पुरा नहुने बताउनु भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमा बोल्नु हुँदै उहाँले सिके राउत र हामीबीच फरक रहेको उल्लेख गर्दै आफूहरु विखण्डनको पक्षमा कुनै पनि हालता नलाग्ने बताउनु भयो ।

सहअध्यक्ष कर्णले सरकारको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु मधेसमा जारी आन्दोलन लाम्बिएको बताउँदै अब लामो समयसम्म चल्ने आन्दोलनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे आफूहरु छलफल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ भोली वा पर्सिसम्ममा मधेसी मोर्चाको बैठक बसेर नयाँ कार्यक्रम घोषणा हुन्छ । सबै नाका रोक्ने वा नाका छाडेर बाटोमा जाने वा बाटो छाडेर गाँउ छिर्ने भन्ने विकल्पमा छलफल हुन्छ ।’
कर्णले मधेसमा आन्दोलनरत विभिन्न समूहलाई समेटेर महागठबन्धन निर्माण गर्ने विषयमा लछफल भईरहेको भन्दै आगामि मोर्चाको बैठकबाट त्यसको स्वरुप पनि तय हुने दावी पनि गुर्नभया ।

सरकार नै तस्कार र कालाबजारीले चलाईरहेको आरोप लगाउँदै नाका खुले पनि ६ महिनासम्म आपूर्ति सहज नहुने दावी गर्दै उहाँले देश माफीयाबाट सञ्चालन भईरहेको बताउँदै भन्नुभयो, बीरगंजबाहेक सबै नाका सहज छन् तर पनि अभाव छ । अहिले नै सहज भए माफीयाबाट लिएको पैसा फिर्ता गर्नु पर्छ त्यसैले नाका खुले पनि ६ महिनासम्म आपूर्ति सहज हुँदैन । मन्त्री परिषद माफीयाहरुले चलाईरहेका छन तर दोष चाँही मोर्चालाई दिन्छन । तस्करले चलाएको ठाँउमा नाकाबन्दीले केही असर पर्दैन ।’

वार्ता निष्कर्समा पुग्न लाग्दा सरकारले दमन गर्ने गरेकोले सरकारनै वार्ता सहमतिमा टुगियोस भन्ने पक्षमा नरहेको आरोप लगाउँदै सरकार बार्ता गरेर दश दिन सुत्ने गरेकोले पनि सरकार बार्ता प्रति जिम्मेवार छैन भन्ने कुरा प्रष्ट भएको उहाँले बताउनु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘भारत जानु प्रधानमन्त्री केपी शर्मा ओलीको सौभाग्य हो । जानुस भारतीय नेताहरुको दर्शन गरेर आउनुस ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..