» » ‘महागठबन्धन’ बनाएर सशक्त आन्दोलनको लागि मधेश झर्न महतोको अपील

काठमाडौँ, माघ २८ गते । एक ठाँउमा नभएर छिटफुट रुपमा आन्दोलन गरेर सफल नहुने भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महागठबन्धन निर्माण गरेर मधेश झर्न मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
मधेशी मोर्चा्भित्र कुनै विवाद नरहेको र सद्भावना पार्टीका सम्पूर्ण कार्याकर्ताहरु मोर्चाका कार्यक्रमहरुमा उल्लेखीय रुपमा सहभागी रहेको बताउँदै महतोले अन्य दलका नेताहरुलाई काठमाडौं छोडेर मधेशमा गएर आन्दोलन गर्न अपिल गरे ।
‘आन्तरिक विवादमा अल्झेर आन्दोलन सफल हुँदैन’  महतोले भने,‘सद्भावना पार्टीले आन्दोलनमा खेलेको भूमिका जस्तै अन्य पार्टीहरुले काम गरेको भए आज आन्दोलन सफल हुने थियो । तर भएन ।’ महतोले अहिलेको आश्यकता रहेको महागठबन्धन निर्माण गरेर सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु मधेशमा झेरर आन्दोलन गरे सरकारले दुई दिनमा घुँडा टेक्ने दाबी गरे । महतोले भने,‘आन्दोलन शिथिल भएको सरकार वा अन्य पक्षले नसोचे पनि हुन्छ । हामी आन्दोलनमै छौं । मधेशी जनता अहिले पनि आन्दोलनमा छ । अधिकार नपाएसम्म मधेशी जनता आन्दोलनमा हुनेछ ।
मधेशी दलका केही नेताले मधेशी जनतालाई धोका दिए पनि आन्दोलन चलिरहने छ । मधेशी जनतासँग खेलवाड गरेर राष्ट्रिय सत्तामा जाने दाउमा रहेका नेताहरुलाई पनि भन्छु, कसेकम अहिले मधेशी जनतासँग धोकाधडी नगर्नुस् ।’ महतोले आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई उत्साहवर्धक तरिकाले आन्दोलनमा सरिकहरु निर्देशनसमेत दिएका छन् । (

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..