» » आन्दोलन रोकिएको होइन अझ सशक्त भएर आउने उपेन्द्र यादवको उद्घोष


पर्सा माघ २७ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही कार्यक्रम स्थगित गरेको भन्दै निराश नहुन आग्रह गर्दै आउने दिनमा यो भन्दा पनि भिषण आन्दोलन हुने बताउनु भयो ।

शक्ति सञ्चयका लागि केही दिनका लागि विश्राम लिएको मात्रै हो उहाँले भन्नुभयो, मधेस ,पहाड र हिमालबाट भिषण आन्दोलनको त्यारी भइरेहेको छ केही दिनमा यसको नतिजा देख्न पाउनु हुन्छ ।

बुधबार पार्टीले बाराको देवापुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा अध्यक्ष यादवले दुर्इसय वर्षदेखि शोषित रहेका मधेसी, आदिवासी जनजातिले अधिकार नपाउन्जेलसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

आन्दोलन समाप्त नभएको बताउदै उहाँले स्वरुप मात्र परिवर्तन मात्र भएको बताउनु भयो । मधेस आन्दोलनले शासकहरुको डाढ भाची सकेको र अब ढल्ने मात्र बाकी रहेको बताउदै अध्यक्ष यादवले भन्नुभयो, शुसिल कोइराला जानु भयो तर मधेसको अधिकार खोसेर ,अब अर्काको पनि पालो छ । तर हाम्रो आन्दोलन जारी रहेने छ ।’

 कार्यक्रममा सहअधयक्ष राजेन्द्र श्रेष्ठ ,उपाधयक्ष लालबाबु राउत गदी,केन्द्रिय सदस्य करिमा बेगम, प्रमोद गुप्ता, राजकिशोर यादव, रामबाबु यादव ,बिरेन्द्र यादव ,बच्चा यादव ,बबन सिंह राजकिशोर यादव बालकिसोर यादव बाराका जिल्ला अधयक्ष रामबाबु यादव र पर्साका  अध्यक्ष प्रदीप यादव लगायतका नेताहरूको उपस्थिति थियो ।
 पार्टी प्रवेश कार्यक्रममा बारा जिल्ला बिकास समितीका पूर्व सभापति प्रयाग राय यादव लगायत सैयो कार्यकर्ता प्रवेश गरेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..