» » वीरगञ्जको बैठकले मधेशी गठबन्धनले गर्यो यस्ता निर्णय


संघीय समावेशी मधेशी गठबन्धन

मिति ः २०७२÷१०÷१८

प्रेस विज्ञप्ती

मधेश विगत ६ महिनादेखी आन्दोलित छ । यस अवधिमा झण्डै ५ दर्जन आन्दोलनकारी वीर योद्धाहरुले बलिदानी दिएको अवस्था छ । पटक–पटक राज्यले आन्दोलनकारी संगठनस“ग केवल वार्ताको नाटक मात्रै गरेको छ । यस्तो रवैयाले राज्य अत्यन्त गैर जिम्मेवार, सम्बेदनहिन, हठी, निरिह र अक्रमण्ड्य रहेको प्रष्ट छ । तसर्थ लगातार आम हड्ताल र बन्दले परेको असर र अबको रणनिति सम्बन्धमा हिजो र आज वीरगंजमा बसेको २ दिने बैठकले समिक्षा गर्दै निम्नानुसारको निर्णयहरु गरेको छ ।

१. हामिले मधेश आन्दोलनको प्रारम्भ देखि नै मधेशमा आन्दोलनरत पक्षहरुको एउटै महागठबन्धन बनाईनु पर्ने अडान राख्दै आएका छौं । एउटै महागठबन्धन, एउटै मांगपत्र र एउटै वार्ता टोली आजको मांग हो । महागठबन्धन निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सकारात्मक दृष्टिकोण बन्नु आवश्यक छ । यसर्थ, महागठबन्धनको निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमत हुन हामी पुनः आग्रह गर्दछौ“ ।
विद्यमान आन्दोलन र वर्तमान राजनितिक गतिरोध मुलतः मधेशस“ग सम्बन्धित छ । यसर्थ हामी मधेश केन्द्रित आन्दोलनको पक्षमा छौ“ । आन्दोलनको कार्य क्षेत्रका बारेमा विचलित धारणा नबनाउन हामी सं.लो.मधेशी मोर्चामा अनुरोध गर्न चाहान्छौ । साथै विद्यमान मधेश आन्दोलनलाई परिणाममुखी बनाएर मधेशी, थारु, आदीवासी जनजाति, दलित, मुस्लीम लगायत सबै समुदाय तथा वर्गको न्यायोचित हक र हीतलाई सुरक्षित गराउन यस आन्दोलनलाई सक्रिय सहयोग गर्न हामी आदिवासी–जनजाति, दलित, मुसलमान लगायत सबै समुदायमा अपील गर्दछौ“ ।

२. गठबन्धनको आजको बैठकले आन्दोलनका सवै कार्यक्रमहरुलाई जारी राख्ने, निरन्तरता दिने निर्णय गरेको छ । विद्यमान अँन्दोलन लामो समयदेखी चलीरहेकोले खासगरी मधेशको जनजिवन कष्टकर नै छ । यस तथ्यलाई विचार गरी जनताका कठीनाईहरु उपर सहानुभुती राख्दै आन्दोलनका कार्यक्रमहरुलाई समयअनुकुल बनाउ“दै आन्दोलनलाई अझ प्रभावकारी, परीणाममुखी बनाउने दिशामा थप कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय गरेको छ । अब यस गठबन्धनले मधेशका जिल्लाहरुमा विरोध सभाहरु, जनप्रदर्शनहरु, जनजागरण कार्यक्रमहरु, आवधिक आम हड्तालका कार्यक्रमहरुलाई तय गरीने छ । यी कार्यक्रमहरु निर्धारण गरी छिट्टै आम जनतालाई जानकारी साथ अनुरोध गरीने छ ।
                                                                          धन्यवाद ।



शरतसिंह भण्डारी         अनिल कुमार झा        राजकिशोर यादव           जयप्रकाश गुप्ता
अध्यक्ष                  अध्यक्ष                 अध्यक्ष                     संयोजक
रामसपा                  नेसपा              फोरम गणतान्त्रिक           तमरा अभियान


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..