» » आज वीरगञ्ज नाका खुलेर फेरि बन्द


पर्सा, माघ १५ गते । रक्सौल भन्सारले प्रक्रिया पु¥याई छाडेको पाँचवटा मालवाहक वाहन आज वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ ।

वीरगन्जको मितेरीपुलमा धर्ना दिने आन्दोलनकारी नभएको मौका छोपी व्यापारीले बिहान ८ः३० बजे पाँचवटा ट्रकमा भरिएको औद्योगिक कच्चापदार्थ र उपकरण भित्र्याएका हुन् ।

रक्सौल भन्सारले जाँचपास गरेको ना १ ख ९७३६, ना १ ख ६७२५, ना १ ख २८९४, ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरको मालवाहक ट्रक भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकृत सुशील शर्माले जानकारी दिनुभयो ।

उहाँले नाकामा आन्दोलनकारी नभएको मौका छोपी लामो समयदेखि वीरगन्जमा थन्किएका सातवटा भारतीय वाहनलाई समेत रक्सौल पठाइएको बताउनुभयो ।

नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन.एल. ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरलगायतका भारतीय खाली ट्रकलाई रक्सौल पठाएको भन्सारले जनाएको छ ।

भारतबाट मालसमान बोकेका वाहन वीरगन्ज भित्रिए र वीरगन्जको ट्रक रक्सौल पुगेपछि पुनः आन्दोलनकारीले नाका अवरुद्ध गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ । मितेरीपलुमा धर्ना बसेका आन्दोलनकारीले पुनः ढाट लगाई नाकालाई अवरुद्ध गरेका छन् ।

असोर ७ गतेदेखि मधेसवादी दलले नाकामा धर्ना सुरु गरेपछि आज पहिलोपटक भन्सारले जाँचपास गरेका वाहनमा मालसामान भित्र्याइएको भन्सारले जनाएको छ ।

यसअघि भारतीय भन्सारले छाडेका मालसमान पुलबाट ठेला, रिक्सा, टाँगा तथा भरियाको भरमा ढुवानी गरी भन्सार भित्र्याइँदै गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..