» » अबको आन्दोलन सिहदरवार केन्द्रीत हुने उपेन्द्र यादवको चेतावनी


विराटनगर, माघ ४ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्तावलाई नसच्याई पारित गरिएमा मधेस आन्दोलनका माग पूरा नहुने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा ‘नेपालमा वर्तमान राजनीतिक सन्दर्भ’ विषयमा आयोजित कार्यक्रममा उहाँले राज्य पुनःसंरचना आयोगले दिएका प्रतिवेदन तथा मधेसवादी, आदिवासी जनजाति मुसलमानसँग गरिएको सम्झौताका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

सत्ताइस पटक भन्दा बढी पटकसम्म वार्ता भइसक्दा पनि कुनै निष्कर्ष ननिस्केको प्रसङ्ग उल्लेख गर्दै उहाँले उधारोमा सहमति नगर्ने, आन्दोलन जारी राख्ने तर स्वरुप परिवर्तन गरिने जानकारी गराउनुभयो ।

विगतमा देखिएका भेदभाव अन्त्य तथा सबैको भाषा, संस्कृतिको पहिचानलाई सम्बोधन गरिएमा मुलुक बलियो हुने उल्लेख गर्दै उहाँले समावेशी लोकतन्त्र र पहिचानसहितको सङ्घीयता निर्माण हुनुपर्ने औँल्याउनुभयो । अध्यक्ष यादवले विगतमा भएका सम्झौतालाई टेकेर सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

मधेसको आन्दोलनलाई आँखामा छारो हाल्नका निम्ति सरकारले संशोधन विधेयक दर्ता गराएको भन्दै यादवले संशोधन विधेयकले मात्र समाधान ननिस्किने बताउनु भयो ।

‘विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदन, विभिन्न समयमा भएका सहमति सम्झौताको कार्यान्वयन हुने किसिमले सम्बोधन नभएसम्म आन्दोलन रोकिँदैन,ु यादवले भन्नुभयो, ‘सरकारले संशोधन विधेयक झुक्याउन ल्याएको छ।

उहाँले अबको आन्दोलन बन्द हड्ताल मात्र नभएर सिंहदरबार केन्द्रित हुने बताउँदै यसका लागि हिमाल, पहाड र तराई सबै क्षेत्रका उत्पीडित, आदिवासी, जनजाति, खस सबै खालका जनता काठमाडौं जानु पर्ने बताउनुभयो ।
त्यसले पनि सुनेन भने आदिवासी जनजाति, मधेशी जनताले सिंहदरबारको एक–एक इँटा झिक्छन्,ु र बोकर हिड्छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..