» » गठबन्धले मधेशी मोर्चालाई भने, षड्यन्त्रमा नफँस्नुस् र खुट्टा नकमाउनुस्


काठमाडौ पुस २३ गते । महागठबन्धन बनाउनका लागि मधेशी मोर्चालाई आग्रह गर्दै आएका संघीय समावेशी मधेशी गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सरकारको कुनै प्रकारको षड्यन्त्रमा नफँस्न सुझाव दिएको छ । त्यति मात्र होइन, गठबन्धनले खुट्टा नकमाउन पनि सुझाव दिएको छ ।

सरकारले गठन गरेको कार्यदलसँग वार्तामा रहेका मधेशी मोर्चा कुनै अप्रिय सम्झौता गर्ला कि भने शंका गर्दै षडयन्त्रमा नफँस्न र खुट्टा नकमाउन सुझाव दिएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा दुई दिनदेखि जारी गठबन्धनको बैठकले यो पनि निर्णय गरेका छन् कि कुनै एउटा पक्षसँगको संवादले मात्रै समस्याको समाधान ननिस्किने र मुलुक झन गम्भिर दुर्घटनामा फस्ने भएकाले वर्तमान परिस्थितिबाट वार्ता र संवादको माध्यमले निकास निकाल्न आग्रह गर्दछौ ।’

संसदमा पेस गरिएको संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्दै गठबन्धन, मधेशी मोर्चा, मुस्लिम मोर्चा, थरुहट संघर्ष समिति, आदिवासी जनजातिहरुसँगको सहमतिमा संशोधन विधेयक ल्याउन गठबन्धनले माग गरेको छ ।

पाँच महिनादेखिको निरन्तर शान्तिपूर्ण आन्दोलनले मुलुकको सामाजिक, राजनैतिक र आर्थिक अवस्था दयनीय भएपनि सरकारले वास्ता नगरेको भन्दै आन्दोलनप्रति सरकार उदासिन र अनउत्तरदायी हुनुले लोकतान्त्रिक विधि र प्रक्रृया नै संकटमा परेको बताउँदै गठबन्धनका नेता शरत् सिह भण्डारीले मुलुकमा मानवअधिकारको चरम उलघंन, आन्दोलनकारी माथी क्रुर दमन, आम नागरिक अभावको पिडामा, विद्यार्थीहरु पढ्न नसकेको अवस्था, देशको अर्थतन्त्र धरासायी भइसक्दा पनि रोम जलिरहदा निरोले बाँसुरी बजाए झैं गरि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

पुस २७ गतेदेखि माघ ४ गतेसम्ममा मधेशको हरेक जिल्ला अन्र्तगत गठबन्धनको क्षेत्रिय समितिहरु बनाउने र त्यस क्षेत्र अन्र्तगतका प्रत्येक गाविसमा प्रत्येक दिन अन्र्तक्रिया कार्यक्रमहरु गर्ने निर्णय समेत भएको जानकारी गराएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..