» » ओलीको विशेषदूत बनेर अर्थ मन्त्री पौडेल भारत जाँदै


काठमाडौँ, माघ १५ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जानु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दुत भएर भारत जान लाग्नु भएका अर्थ मन्त्री पौडेल ओलीको भ्रमणको समयमा दुई देशबीच हुने सम्झौताहरुको बारेमा छलफल हुने बुझिएको छ । यसअघि भएको प्रधानमन्त्रीहरुको भ्रमणको तयारी बारेमा ब्रिफ गराउन तथा सम्झौताहरुको बारेमा कुरा गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा एक टोली जान्थे तर ओलीले आफ्ना विश्वास पात्रलाई कुरा गर्न पठाउन लाग्नु भएको हो ।
यसअघि प्रधानमन्त्री बनाउनमा सहयोग गर्न गुहार्दै प्रदीप ज्ञवालीलाई विशेष दुतका रुपमा पठाउनु भएको थियो ।
अर्थ मन्त्री भारतमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेलको तीनदिने भारत भ्रमण तय भएको र सो अवसरमा दुई देशको आपसी हित एवम् सम्बन्धका विषयमा कुराकानी हुने उहाँका प्रेस सल्लाहकार मोहन चापागाईंले बताउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..