» » काठसहित पक्राउ


सिरहा, माघ १७ गते । प्रहरीको गस्ती टोलीले सिरहाको गोलबजारबाट आज बिहान अवैध रुपमा ल्याइएको सखुवाको काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका–१० स्थित घुर्मीघाटबाट १० क्युफिट सखुवाको चिरान काठ बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बरामद काठ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।

अदालतबाट सजाय पाएर फरार १३ वर्षपछि पक्राउ

लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई जना अभियुक्तलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषध मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–११ निवासी ५७ वर्षीय शान्तवीर लामा र गोलबजार नगरपालिका–८ निवासी गङ्गाप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पक्राउ परेका लामा लागुऔषध गाँजा र यादव लागुऔषध चरेस मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका थिए । जिल्ला अदालत सिरहाले २०५९ जेठ २६ गते गरेको फैसलाअनुसार लामालाई दुई वर्ष कैद र रु २५ हजार जरिवाना र २०५६ असोज ५ गते यादवलाई ११ महिना कैद सजाय तोकेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..