» » लीला कोइराला निवासको अगाडि झडप


धनुाषा माघ १७ गते । धनुषाको ब्रह्मपुरी चोकस्थित नेपाली काँग्रेसका सांसद लीला कोइरालाको घरअगाडि टायर बालेर मधेसी मोर्चाले विरोध गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच आज झडप भएको छ । झडपका क्रममा प्रहरीले १० राउण्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो ।

नेपाली काँग्रेसका सांसद कोइरालाको घरअगाडि प्रदर्शन गर्दा प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप भएको हो । सो झडपमा परी ५ जना आन्दोलनकारी घाइते भएका छन् ।

नेपाली काँग्रेसको जारी महाधिवेशनको क्रममा देशव्यापी रुपमा चलिरहेको वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनलाई विथोल्ने अभिप्रायले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले आज जनकपुरमा सांसद कोइरालाको घरअगाडि जुलुस प्रदर्शन गरेको हो ।

जनकपुरमा मधेसी मोर्चाले काँग्रेसको अधिवेशन स्थगनको माग गर्दै नेत्री कोइरालाको विरोध गरेको थियो ।

जनकपुरको ब्रह्मपुरी चोकमा काँग्रेस नेत्री तथा सांसद कोइराला अधिवेशनस्थलतर्फ जाँदै गर्दा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका थिए । अवरोधपछि कोइरालाको सुरक्षामा खटिएका प्रहरी र मधेसी मोर्चाका कार्यकर्ता बीच झडप भएको हो ।

धनुषा क्षेत्र नं ४ का समानुपातिक सांसद कोइरालालाई नेपाली सेनाले स्कर्टिङमार्फत अधिवेशनस्थल लगेको थियोे । यता मधेसी मोर्चाका महिलाको एक समूहले पनि मुझेलियामा भइरहेको काँग्रेसको अधिवेशन विथोलेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..