» » मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरुमा जेपी गुप्ताको अनुरोध


-जयप्रकाश गुप्ता
पहिलो मधेस आन्दोलनमा तत्कालिन गृहमंत्रीको राजिनामाको मांग फोरम नेपालको आधारभूत मांग थियो । यो पुरा नहुदां सात महिनासम्म सरकारसंग सम्झौता हुन सकेन ।
फोरमले यो मांग त्याग्यो अनि २२ बुंदे सहमति भयो ।

मधेस शब्दको सट्टा तराई शब्द राखी तत्कालिन न्यायधिश खिलराज रेग्मीको नेतृत्वमा छानबिन समिति बन्यो । यसको रिपोर्ट कहिल्यै कार्यान्वयन गरिएन ।
यस अघि नेपालगंज दंगाको छानबिन प्रतिवेदनलाई पनि सोही व्यवहार गरियो ।

सप्तरीमा मल ल्याउंदा शसस्त्र प्रहरीद्वारा भएको हत्या, सिम्रौनगढमा सडक निर्माणको मांग गर्दा शसस्त्र प्रहरीद्वारा भएको हत्या लगायत मधेसमा प्रहरीद्वारा गरिएका कुनैपनि हत्याको कहिल्यै छानबिन गरिएन ।

यी सब कारणले मधेसको सन्दर्भमा प्रहरी प्रशासनको मनोविज्ञान बनेको छ कि यिनको खिलाफमा शक्ति प्रयोगको कुनै सीमा तथा आचार रहनु हुदैन । फलत: आज नेपालका सर्वोच्च अदालतको निर्देशन, राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायोगको ध्यानाकर्षण, भारत-चिन-अमेरिकी-बेलायत कसैको ध्यानाकर्षण पनि सरकारी निकाय र प्रहरीका लागि गंभीरताका साथ लिनु पर्ने बिषय भएको छैन ।

मधेस आन्दोलनका हरेक गोली कांडमा प्रहरीको नृशंसता, अमानवीयता, जातीय द्वेश, प्रतिशोध छताछुल्ल भएर पोखिएको देखिन्छ । हरेक मृतकको तस्वीरले यही बताईरहेको हुन्छ ।

आन्दोलनको परिणाम जे होस्, तर राज्यको यस व्यवहारले मधेसीको दिलमा पारेको चिरा फाटोको रूपमा बिस्तारित भै रहन्छ । यसको दुष्प्रभाव चिरन्तर रहन्छ । यसको समाधान कसरी हुन्छ त ? यस वारे मानव अधिकारको क्षेत्रमा काम गर्नेहरूले विचार गर्नुपर्ने वेला भएको छ । सक्रियता देखाउने बेला भएको छ ।

सुन्दरमणि दीक्षित, देवेन्द्र राज पांडे, कृष्ण पहाडी, सुवोध प्याकुरेल, प्रदीप पोखरेल, चरण प्रसाई, कृष्ण कडेंल, पुरूषोत्तम दाहाल, गोपाल सिवाकोटी, गोपाल कृष्ण सिवाकोटी, पद्मरत्न तुलाधर, दमन ढुंगाना लगायत सबै व्यक्तित्वहरूले यसमा पहल लिनु पर्दछ ।

उहांहरूले मधेस आन्दोलनका विविध बिषयका उपर विमति राख्न पाउनु हुन्छ, तर राज्यपक्षबाट साथै आन्दोलनकारीबाट पनि भएका गरिएका अमानवीय, गैर कानूनी र मानवता विरूद्धको व्यवहारलाई न्याय र दण्डको घेरामा ल्याउने दिशामा लिनु पर्ने अग्रसरताको कुनै विकल्प हुन सक्दैन । यो उहांहरूको कर्तव्य र अभिभारा पनि हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..