» » काठमाडौंमा यसरी मनाइयो बलिदानी दिवस

काठमाडौ माघ ५ गते । मधेस बलिदानी दिवसको अवसरमा काठमाडौमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको भातृसंगठन तराई मधेस विद्यार्थी फ्रन्टले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाएको छ ।

फ्रन्टका महासचिव मनिष मिश्रका अनुसार मधेस आन्दोलनमा घाइते भएकालाई कम्बल, फलफुललगायतका सामाग्री वितरण गरको छ भने साँझमा माइतिघरमा सहिदको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

महासचिव मिश्रको नेतृत्वमा सुष्मा मेमोरियल अस्पतालमा महोतरीमा घाइते भएका भोगेन्द्र यादव, शिक्षण अस्पतालमा सप्तरीका श्रवण कुमार झा, वीर अस्पतालमा शंकर पासवानलगायत लाई भेटेर स्वास्थ्यको वारेमा जानकारी लिएको थियो ।

माइति घरको कार्यक्रममा नयाँ शकति निर्माण अभियानका अभियन्ता रामरिझन यादवको पनि उपस्थिति थियो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..