» » नाकाबन्दीका कारण देशमा भइरहेको तस्कारी र कालोबाजारीप्रति आयोगका ध्यानाकर्षण


काठमाडौँ, माघ ६ गते । राष्ट्रिय मानवअधिकार आयोगले सीमा नाका हुँदै नेपालको अधिकांश क्षेत्रमा भइरहेको तस्करी र कालोबजारीले सर्वसाधारणले भोग्नुपरेको कठिनाइप्रति सरकारको ध्याकर्षण गराएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालका अधिकांश क्षेत्रमा भइरहेको तस्करी र कालोबजारीबाट सर्वसाधारणको दैनिक जीविकोपार्जन गर्न पाउने अधिकार गम्भीर सङ्कटमा परेको जनाउनु भएको छ ।

विज्ञप्तिमा नेपालको संविधान र प्रचलित नेपाल कानुनप्रदत्त उपभोक्ताको मानवअधिकार संरक्षणार्र्थ त्यस्तो कार्य तत्काल रोक्न अविलम्ब कारबाही अगाडि बढाउनेतर्फ आयोगले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।

संविधान निर्माण प्रक्रियामा असहमति राख्दै तराई मधेस क्षेत्रमा भइरहेको आन्दोलन, आन्दोलनका क्रममा गरिएको सीमा अवरोधका कारण देखाइ बढेको तस्करी र कालोबजारीबाट नागरिकको जीविकोपार्जनको अधिकार गम्भीर रुपमा सङ्कटमा परेको आयोगले रुपन्देही, नवलपरासी, चितवन र पर्सा जिल्लाका सीमावर्ती नाकामा गरेको अनुगमनबाट तथ्य पाएको जनाएको छ ।

पर्साको ठोरी, सुवर्णपुर र निर्मलबस्ती गाविसका केही बस्तीमा अवैधरुपमा भारतबाट भित्र्याइएका अति प्रज्वलनशील पेट्रोल, डिजेल, मट्टितेल तथा ग्यासजस्ता उपभोग्य सामग्रीमा अनियन्त्रित रुपमा सुरक्षा निकायको सामुन्नेबाट तस्करी र कालोबजारी भइरहेको पाइएको र जसको प्रत्यक्ष मार सर्वसाधारण नागरिकले खेपिरहनुपरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

अवैध रुपमा सञ्य गरिएका पेट्रोल, डिजेल, मट्टितेलजस्ता इन्धन र खाना पकाउने ग्यासको भण्डारणमा कुनै पनि सुरक्षाको उपाय अवलम्बन नहुँदा जुनसुकै समयमा भयानक दुर्घटना भई धनजनको ठूलो क्षति हुन गई मानवअधिकारको गम्भीर उल्लङ्घन हुनसक्ने देखिएको र दैनिक ठोरी नाकाबाट मात्र असुरक्षित रुपमा कम्तीमा एक लाखदेखि एक लाख ५० हजार लिटर इन्धन अवैध रुपमा भित्रिरहेको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

आयोगको अनुगमनबाट वीरगञ्जबाहेक सबै नाकाबाट हुने कालोबजारी नियन्त्रण र सुरक्षा संवेदनशीलतातर्फ सुरक्षा निकाय पूर्णरुपमा उदासीन रहेको देखिएको, इन्धनजन्य सामग्रीको खुल्लारुपमा कालोबजारी भइरहेको अनुगमनका क्रममा देखिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..