» » गुप्ता र महतो बीच के के भयो कुरा ?

काठमाडौ माघ १२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समावेशी गठबन्धनका एक घटक तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताबीच महागठबन्धन निर्माणका विषयमा छलफल गरेको छ ।

विराटनगरको शान्ति चोकस्थित एक निजी घरमा भएको छलफलमा महागठबन्धन बनाएर आन्दोलन चर्काउने सहमति भएको छ स्रोतले जनाएको छ ।

महतो रहेको मोर्चामा उनको दल सद्‌भावना सहित संघीय समाजवदी फोरम नेपाल, तराई मधेस लोकातान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टी छ भने गुप्ताको तराई मधेस राष्ट्रिय अभियान सहित शरत्‌सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक संघीय समावेशी गठबन्धन निर्माण गरि छुट्टै आन्दोलनमा छ ।

महतोले यसअघि पनि वीरगन्जमा गुप्ता लगायतसित छलफल गरि कार्यगत एकताको प्रयास तथा आन्दोलन चर्काउने तयारी गरेपछि मोर्चामा त्यसको बिरोध भएपछि सो गठबन्धन बन्न सकेको थिएन ।

पछिल्लो समय आन्दोलन खुकुलो भइरहेका बेला महतोले समावेशी गठबन्धन लगायत मधेसमा शान्तिपूर्ण आन्दोलनरत अन्य शक्तिसित कार्यगत एकता गरि महाठबन्धन निर्माणको प्रस्ताव गरेका थिए ।

गुप्ता र महतोबीच छलफल भइरहेको विराटनगरमै फोरम अध्यक्ष यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र तमलोपा महामन्त्री सर्बेन्द्रनाथ शुक्ल पनि विराटनगरमै छन् । तर उनीहरूसँग कुनै सल्लाह भएको छैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..