विराटनगर, माघ १५ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन भइसकेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाीले उठाएका मागको सम्बोधन भइसकेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सीमाङ्कनका विषयमा उच्चस्तरीय राजनीति संयन्त्र गठन गरेर समाधान गर्न सकिने स्पष्ट पार्दै उहाँले भारत सरकारले पनि संविधान संशोधनका सन्दर्भमा सकारात्मक प्रतिक्रिया दिइसकेकाले नाका खुकुलो भएको बताउनु भयो । उहाँले केही दिनमै नाका पूर्णरुपले सञ्चालन हुने पनि दावी गर्नुभयो ।
उहाँले बन्दहडतालका कारण सर्वसाधारणले सास्ती भोगिरहेकाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आन्दोलनको विकल्प खोज्न सुझाव पनि दिनुभयो ।
No comments: