» » झापा, मोरगं र सुनसरी टुक्राए आन्दोन गर्ने गच्छदारको चेतावनी

काठमाडौ पुस २९ गते । मधेसी जनअधिकार फोरम  नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ठूला दल र मधेसवादी दललाई आफ्नो अडान छोडी लचिलो हुन आग्रह  गरेको छ। 
बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चालाई अतिवादी सोचाइलाई त्यागेर सीमाङ्कनको विषयमा लचिलो हुन आग्रह गरे। 
 झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने बताउदै उपप्रधानमन्त्री समेत रहेका गच्छदारले यी जिल्लालाई टुक्र्याएको खण्डमा आफ्नो पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने बताए। 
उनले मधेसवादी दलको मागलाई पूरा गर्न र पूर्वी क्षेत्रका जनताको भावनालाई समेट्न झापा, मोरङ, सुनसरी र सिरहाको केही भागसमेत गरी आठ प्रदेश बनाउनु नै उत्तम विकल्प रहेको धारणा प्रकट गरे। 
उनले पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनुपर्ने सुझाव पनि दिए। 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..