» » झण्डा मेला शुरु


महोत्तरी, माघ १७ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ स्थित रमौल गाउँमा आजदेखि झण्डा मेला सुरु भएको छ ।

रमौलाका बासिन्दाको सहयोगमा रु तीन लाखको लागतमा १०५ फिट अग्लो झन्डा निर्माण गरी झन्डा मेला सुरु भएको पं बद्रीनारायण झाले बताउनुभयो ।

सो मेलामा अत्याधुनिक प्रविधिबाट निर्मित चार घोडा सहितको रथ, रथका सारथीका रुपमा कृष्ण र हनुमानको ठूलो मूर्ति निर्माण गरिएको छ । झन्डा सोही रथमाथि निर्माण गरिएको छ ।

चार दिने मेलालाई थप आकर्षक बनाउन सो स्थानमा २४ घन्टै विभिन्न नाच, तमासा, खेल, झुला र मनोरञ्जनका अन्य व्यवस्था गरिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..