» » नाकाबन्दी खोल्नेमा मधेशी मोर्चाभित्र यस्तो छ विवाद



काठमाडौ, माघ १२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताउनु भएको छ ।

राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले नाकाबन्दी भएको लामो समय भएर जनजीवन कष्टकर भएका कारण आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनु पर्छ ।’

यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्समा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने बताउनु भयो ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले नाकाबन्दी खुल्ने संकेत गरेपछि मोर्चाकै अर्को घटक दल तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको तत्कालै प्रतिकृया दिनु भयो ।

उहाँ पनि सो अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुहुन्थ्यो ।
उहाँले अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए पनि अब मधेसी जनताको बिचमा गएर मात्र स्वरुप परिवर्तन गर्न सकिने बताउनुभयो ।

त्यस्तै मोर्चाका अर्का घटक सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले पनि नाकाबन्दी खुल्ने कुराको विरोध गर्नुभयो । मधेसी जनताको भावना माथि कुठाराघात गरेर एकतर्फी रुपमा ल्याईएको संविधान संसोधनलाई मधेसले कडा जवाफ दिने चेतावनी दिदै उहाँले राज्यले दमन गरे पनि आन्दोलनको स्वरुपमा फेरबदल नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नाका खुल्ने होईन, झनै कडा हुन्छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..