» » सम्झौ जीवन, सहिद र अमर सपुतको गौरव गाथा

- विजयकुमार यादव 
“मनते विषय विसारी, इन्द्रित ते कर्मान्ति करत । अनाशक्तिm चित धारी , चलति जे तेई बर पुरुष ”।। यो संसारमा उभिनु पनि गुरुत्वाकर्षण शतिmको विरुद्ध हो । संघर्ष विणाको जीवन कल्पना पनि गर्न सकिदैन । त्यसैले आफु बाँच्नको लागि मात्रै हैन् बहुजन तीतको लागि सत्यको वाटोमा संङ्घर्षशिल बनौँ । बाघ मरेपछि छालाले वाँच्छ मान्छे मरेपछि नामले ः मित्र तपाइको जीवनको केही मुल्य छ कि तपाईको जीवन शोक, सनताप वावक र दिक्कको कारण भएको छ ? क् तपाईहरुलाई थाहा छ कि मरेपछि के हुन्छ र कहाँ जानुहुन्छ । तथा आजैनै तपाईको मुल्य रसमापत भयो भने तपाइृको आत्मा कहाँ जान्छ होला ? मित्र यो शरिर त मुदौ हो तपाई र ममा आत्मा रहदाँ सम्म हामी मात्र मानिस हौ । हामीलाई आत्माले छोड्न वितिकेै यो शरिर मुर्दा भइृहाल्छ र गन्हाउन थाल्छ । के यो सत्य हो ? अतः जविन एउटा अविरल नदि झैँ बगिरहने यात्रा हो । य ो कहिले उकाली, ओराली र कहिले मैदान र कहिले समथर भएर बहन्छ । र कहिले झरना झेै उचाइृवाट खसेर कुनै चटानमा बजारिन्छ । तसर्थ बहन्छ, बहन्छ र अन्त्यमा गएर यो चार सागरसँग मिल्छ । वास्तवमा यो छोटो समयको घडिमा कोहीको ईजजत चितासँग जलेर नष्ट भईहाल्छ र कोहीको ईज्जत चितासँग नजडेर इतिहासको पानामा , साहितयको पानामा, सँगितको धुनमा पत्रकारिताको क्षेत्रमा , प्रेमको पाना, पानामा सुरक्षित साथ फिजिएर रहनुको साथसाथै तिनीहरुको सम्झना जीवन भरि नै आई रहेको हुन्छ । अतः यो छोटो जीवनको यात्रामा मानिस धेरै चोटी धेरै वाटोहरु हिडनु पर्ने हुन्छ । “हुदैँन विहान मिरमिरै तारा झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए” । कवि भुपी शेरचनको यो कविताझै नेपालका चार वीर सपुत अर्थात नेपाल आमाका कोखवाट जन्म लिनु भएको चार अमर सपुतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल क्षेष्ठ र धर्म भतm माथेमा मुलुकलाइृ बनाँउछु भनेर लाग्दा लाग्दैँ अनातकै षङयन्त्रपूर्ण र रहस्यमय दुर्घटनामा परि निधन भएको पनि आज झण्डै ७५÷७६ वर्ष पुरा भएको छ ।जसले सर्वप्रथम मानवरुपी राक्षसहरुको बर्वरताको स्वर्गको महललाई चकनाचुर पारि आवश्यताको दुनियावाट स्वतन्त्रताको दुनियामा पुग्ने खुडकिलो मध्येको उक पेचिलो वैचारिक मार्चावाट उहाँहरुलाई रातो सलाम । साथसाथै भौतिक जीवनलाई मानव उन्मुतिm र स्वतन्त्रताको लागि श्रद्धाञ्जली दिन सहर्ष स्वीकार्य त्यो अविचलित विचार र महानता प्रति पुर्ण जोसिलो अभिवादन एवम का्रन्तिकारी एक्यबद्धता जसले गर्दा उनिहरुको आत्माको चिर शान्तिको कामना मिलोस । अमर नेपाली सपूत शहिदहरुको गौरव गाथा पढनु अघि साहित्यकार म.वि.वि शाहको भनाईलाई एकै छिन सम्झौँ त । “मर्यो ज्यूदो त्यो जसले विसृयो देशको माटो बाँच्यो सधै जसले सम्झयो देशका माटो” एकै छिन विचार गर्नुस त ? वीर भनेको केहो ? के वीरहरुले सोचेको सपनालाई सकार पानै हामी जस्तो नेपाली नागरिकको कर्तव्य हो कि होईन । देश विकासको निर्माणमा हासी हासी अनमोल जीवनको बलिदानी दिनु कतिको उपयूतm होला ? गाँउ, समाज र राष्ट्रमा ठुलठुला तथा सामननत वर्गको मान्छे भए तापनि किन अन्याय अत्याचार दमन र शोषण , बलतकारी भ्रष्टचारी आदी जस्ता खराब क्रियाकलापमा संलग्न हुन्छ ? पहिले पनि र आज पनि र भोली पनि आर्थिक समस्याको क्रान्ति नगरेसम्म निम्न वर्गको जीवनमा हरियाली आउन सक्छ कि सक्दैन ? भनिन्छ –जविन एउटा फुल हो सुन्दर माला गाँस, दुःख पर्दा आँसु हैन मुस्कान दिई हाँस ) भनने भनाइृसाथ समाजको राष्ट्रको असमान आर्थिक परिपाटी, शोषण, अन्याय, अत्याचार, दमन, र बल्तकारी, र भ्रष्टचारी आदी जस्ता खराब क्रियाकलाप विरुद्ध सदा लडिरहने र आफ्नो लक्ष्यमा पुग्ने आफ्नो देशको सुख शान्ति तथा उन्नती प्रगतिको लागि हासी हासी आफ्नो ज्यानलाई तन, मन, र धनको वाजी लगाएर आफ्नो अनमोल जीवनलाई बलिदानी दिने व्यतिmहरलाई नै वीर भनिन्छ । सच्चा वीरहरु देशको लागि मनवताको लागि, परोपकारी कामको लागि दहे विश्वासको साथ अगाडी बढछ । यति मात्र नभएर सच्चा वीरहरुमा विश्वासको जाँगर हुनुको साथै , निस्वार्थी, कर्मठ, इमान्दार हुन्छ । वास्तवमा भन्ने हो भने सच्चा वीरहरुले जस्तो सुकै हाँक वा चुनोतीलाई धैर्यको साथ स्वागत गनुृका साथै अन्याय, अत्याचार, शोषण, दमन, आदलिाई निर्मुल पार्ने कार्यमा लागेको हुन्छ । वीरहरु संसारिक माया जाल भनदा माथी उठेका हुन्छ । उनीहरुले आफ्नो मनवताको लागि समपर्ण गर्दछ। इसरी जव वीरहरु आत्मा बलिदानी दिन्छन तव उनीहरुलाइृ स्वर्गको अप्सराहरुले प्याला लिएर स्वागत गर्दछन । तसर्थ माथ उल्लेखित भएका समपूर्ण कुुराहरु नेपालका चार शहिदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल क्षेष्ठ र धर्मभतm माथेमा पाइएको हुनाले तिनहिरुलाई जवसम्म चन्द्र र सुयै रहिरहन्छ तवसम्म उनीहरुको अनमोल जिन्दगी बलिदानीलाई विर्सन सकिदैन् । उनीहरुको बलिदानी पछि “म खाउँ, म लाउँ, सुख, सयल मौज मै गरुँ म बाचुँ, मै नाँचु अरु सब मरुल दुर्वलहरु भनि दाह्रा धस्ने अवुझ शत्रुहरु देखी छक्क पर्ने चिता खिरका छोडी अभयसित हास्यँो मरि मरि ।” भन्ने भनाई माथी बाँचेका तिकेका व्वाँसाहरुलाई खोरमा थुनियाँै, उनिहरुको राज समाप्त पार्यौ उनीहरुको रगतले नेपालमा प्रजातन्त्र आयो लोकतन्त्र आयो । यतिखेर हामी गणतन्त्र नेपालको नागरिक भएको छौँ । उनीहरुको आर्दश र प्रेरणाले निरङकुशताको प्रखाल भत्काउदैँ यता सम्मको हाम्रँो यात्रा सुखद गन्तव्यको लागि चुनौती पुर्ण पनि रहयो । अझै पनि चुनौती छ र अतः बालिया मुटु र पाखुरा भएकोले समपूर्ण आवश्यता पुरा गर्न सक्छ । दुःख र बेदना हुदाँ हुदैँ पनि यर्थातलाई आत्मासात गर्नै पर्छ । समय परिवर्तनशिल छ मृत्यु अकाट्य हो । मरेकाहरु फेरी यो धर्तिमा फर्कन्न । तसर्थ आज चार शहिद भौकि रुपमा हामी माझ नभए पनि हामीसँग उनले प्रतिपादन गरेका सिद्धान्त भने जिवन्त छः उनीहरुले देखाएका आर्दश मुल्य र मान्यता भने जीवितै छ । 

यस्ता थिए हाम्रा चार शहिदहरु ः— 
शुक्रराज शास्त्री ः वि.सः १९५० सालमा काठमाडौँको बागेमुडामा जन्मनु भएको थियो । उच्च श्रेणीमा सँस्कृत साहित्यमा शास्त्री उतिर्ण गरेकाले उहाँहरुलाई पछि शास्त्री भन्न थालिका हो । भारतका पञ्जाब विश्वविद्यालयवाट अंग्रेजी साहित्यमा स्नातक गरेपछि शुक्रराज नेपाल फर्कनु भएको थियो । काठमाडौँ आएपछि उहाँको संगत क्रान्तिकारीसँग भयो । वि.सः १९९३ सालदेखी उहाँ राणा विराधी अभियानमा लाग्नु भएको थियो । महत्मा गान्धीसँग भेटेको आरोपमा उहाँलाई राणा सरकारले नजरबन्द समेत गरेका थियो । नेपालको इतिहासमा वि.सः १९९४ माघ ३ गते काठमाडौँको इन्द्र चौकमा राणा शासणको विरुद्धमा आयोजित आमसभामा उहाँले सम्बोधन गर्नु भएको थियो । आफ्नो भाषण उनले “जय नेपाल ” भनि थालिनी गरेका थिए । भाषण गरैकै आरोपमा राजद्रोहको अभियोगलगाएर उहाँलाई प्रक्राउ गरियौ । र ३ वर्ष कैद सुनाईयो । आठवटा झुठो मुदा लगाएर राणा शासणले उहाँलाई फासीँको सजाय सुनाईयो । जनरल नरशम्सेरको नेतृत्वमा वि.सः १९९७ माघ १० गते राती टेकु पचली खरीको रुखमा झुण्डियाएर हत्या गरियो । उनलाई फासी दिन लैजादा बाटो भरि उनले ठुलठुला स्वरमा गीताको पाठ गर्दै गरेका थिए । टेकु पुर्यापछि उनको अन्तिम इच्छा गीता पाठ गर्ने र वाग्मतिमा नुहाउने काम गर्ने सकिए पछि त्यति खरीको रुखमा हत्या गरियो । दिन भरि झुण्डियाएर राखिको लाश निर आएर सन्यासी भईसकेको शुक्रराजको पिता माधवराज जोशीले छोराको लाशमा ३ पटक परिक्रमा गर्दै छोरा हुन त यस्तो, छोरा तैले देशको इज्जत बढाइस भनेका थिए । 

दशरथ चन्द ः वि.सः १९६० सालको असाढ.महिनामा बैतडीको बस्कोटमा जन्मिएको दशरथ चन्द परिवारको माइला छोरा हुनुहुन्थ्यो । उहालाई मानवीकी तथा समाजशास्त्रमा भारतको बनारसवाट प्रमाणपत्र तह उतिर्ण गरेको थियो । वनारसमा पढदा नै उहाँले महत्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाउनु भएका थिए । वि.सः १९९० सालमा बारा जिल्लामा नेता टंक प्रसाद अर्चायसँग भएको पहिलो भेटपछि उहाँको क्रान्ति चेतना झन् बढयो र त्यस पछि उहाँले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो । राणा शासण विरुद्ध आन्दोलन गरिरहेका नेपाल प्रज्ञा परिषदमा आवद्ध भएर उहाँले राणा विरोधी लेख र रचना समेत प्रकाशित गर्नु हुन्थ्यो । जेलमा दशरथ चन्द र गंगालाल श्रेष्ठ सँगै पर्नु भएको थियो । वि.सः १९९७ माघ १५ गतेका रात दशरथ चन्द र गंगालालले आफुहरुलाई झुण्डियाएर नभइ गोली हानी मार्न माग गरेका थिए । त्यसपछि जनरल नरशमशेरले दशरथ लाई अन्तिम इच्छा सोध्दाखेरी भनेका थिए “मेरो अन्तिम इच्छा राणा शासणको अन्तय भएकै हेर्नु छ के तैले पुरा गर्न सक्छस ?” यस्तो भने पछि नरशमशेर रन्थनिए र उनले गोली ठोक्ने आदेश दिए । गोली हान्दा दशरथ छटपटिए पछि देख्न नसकेर  गंगालालले गोली हान्न्े रत्नमान पौडेललाई भने “तेरो बाउलाई एकै पटक हानेर मार कि तडपाँउछस ए” 

ग्ांगालाल श्रेष्ठ  ः वि.सः १९७५ सालमा रामेछाप भँगेरीमा उहाँ नेपाल आमाको कोखमा जन्मनु भएका थियो । वि.सः १९९४ सालमा दरवार हाइस्कुलवाट एसएलसी उतिर्ण गरेपछि गंगालाल त्रि चन्द्र क्याम्पसमा अध्ययन गर्नु भएको थियो । कलाकारितामा निकै रुची राख्ने गंगालाल राणा विराधी थिए । वि.सः १९९५ सालमा काठमाडोँको असन र इन्द्रचौकमा राणा विरोधी सभामा भाषण गरेवापत उहाँलाई प्रक्राउ समेत गरिएको थियो । तर पछि उहाँ छुटनु भयो दशरथ चन्दको संगत गरि र प्रजापरिषदको सदस्य लिई उनि राणा शासण विराधी गतिविधमिा पनि सहभागि हुनु भयो । राणा विराधी गतिविधीमा संलग्न भएको आरोपमा उहाँलाई वि.सः १९९७ मा कार्तिक ३ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्द्रसँग उनलाई शोभा भगवतिमा गोली हानी हत्या गरियो । गोली खानु अघि गगालाल र दशरथ चन्द शोभा भगवतिका ३ पटक परिक्रमा गरेर आज हामी प्रसन्न छौ । हजुर कहाँ आएर राणा शासण ढाल्ने वाचा गरेका छौ । हजुर कहाँ प्राण त्याग्न भनेका थिए । 


धर्मभत माथेमा ः वि.सः १९६६ असोज ५ गते काठमाडौँको ओमबहालमा जन्मेका धर्मभतmले भारतको दाजिलिङवाट शिक्षा आर्जन गर्नु भएको थियो । उनका पिता आदीभतm माथेमा राणा शासण कालमा सुब्बा पढेका सरकारी कर्मचारी हुनुहुन्थ्यो । धर्मभतm माथेमा नेपालको राजनीतिक आन्दोलनको नेता मात्र नभएर देशको एक उतकृष्ट खेलाडी समेत हुनुहन्थ्यो । उनी नेपालको पहिलो व्यवसायिक शारिरीक सुगठन समेत हुनुहून्थ्यो । कलकता पढने वेलामा उनी विभिन्न शरिर सगठन प्रतियोगितामा जित हासिल गरेर उहाँ बँगाल च्याम्पियन समेत हुनु भएको थियो । राजा त्रिभुवन उनीवाट प्रभावित भएर आफ्नो व्ययाम प्रशिक्षणमा नियुतिm गर्नु भयो । वि.सः १९९३ सालमा आतंमवाट जनतालाई मुतm गर्न उहाँँले नेपाल प्रज्ञा परिषदको स्थापना गर्नु भयो । राजा त्रिभुवनको उपस्थितीमा काठमाडोको लैनचौरमा प्रज्ञा परिषदको बैठक बसिरहेको वेला उहाँँ लगायत धेरै जनालाई १९९६ माघ १३ गते सिफलमा बकेनाको रुखमा झुण्डियाएर हत्या गरेको थियो । धर्मभतmलाई झुण्डियाउने कामको पनि तामेली जनरल नरशमशेरले गरेका थिए । इतिहासकारका अनुसार धर्मभतmले सहजसँग मृत्यु बरण गर्न पाएन् । पहिलो पटक उनलाई झुण्डियाउदा रुखको हाँगा लच्कियो । दोस्रो पटक ठुलो शरिर भएकोले पासो लगाउको डोरी नै चुडिँयो । २ पटकसम्म फाँसीवाट बाँचिएकाले पछि उनलाई नरशमशेर भनेका थिए २ पटक फाँसीवाट बाँचीसके यस्तो अवस्थामा फाँसी दिनु न्याय होईन । यस्तो भन्दा पनि नरशमशेरले तलाँई केको न्याय मलाई समेत झण्डै मुछेको थिईस भन्दै हातको चक्कुले धर्मभतmको गाला काटिदिएका थिए । असत्य भएपछि उनले लातले हान्दा नरशमशेर ठुन्मुनिदैँ ४÷५ हात पर पुगेका थिए । र त्यसपछि नरशमशेरको आदेश अनुसार सिपाहीहरुले चुट्दा धर्मभतm बेहोस भएका थिए । 

अतः वीर शहिदहरुको आफ्नो अनमोल जिन्दगीलाई वाजी लगाएर जल्दो चिताको धुवाले शान्ति मात्रै होइन स्वतन्त्रता पनि प्रदान गर्नु भएको छ । हामी नेपालीहरुले कहिले पनि विर्सनु हुन्न । त्यो साहसी अमर सपूतहरुको त्यो असामयिक क्षण कहिल्यै विर्सनुहुन्न बरु नकल्ली प्रजातन्त्र र गणतन्त्रका कलाकारहरुलाई खबरदार पुर्याउनु पर्यो । त्यो कलाकारलाई जसले निमुखा श्रमजीवि जनताले सम्झेर छातीमा बुट बजार्नेहरुलाई तसर्थ हामीले कमरेडको उन्मुतिmको सक्रिय वाटोमा हिड्नु पर्छ र सधै हामीले कवि सिद्धिचरण श्रेष्ठको भनाईलाई बुझनु पर्छ कि, “बिग्रे देश सबै जनताहरु –तिमी बन्छौँ यहा दानव सप्रे देश सबै जनताहरु –तिमी बन्छौँ यहाँ मानव ” (मानव ,या त दानव हुने तिम्रो केमा छ सहमत ? यो नेपाल नबिग्रियोस तर कहि यै माग्छु भिक्षा म त? ) 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..