» » उपेन्द्र यादवले भने, मोर्चाको स्वामित्व हुने गरि संशोधन प्रस्ताव आउनुपर्छ


पर्सा पुस २२ गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तयार गरेको संशोधन प्रस्ताव आफूहरुलाई स्वीकार्य नहुने बताउनु भएको छ ।

फोरम नेपाल पर्साले क्षेत्र न. २ को बगहीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो, मोर्चाले उठाएको माग अनुसार संविधान संशोधन नभएसम्म आन्दोलन रोकिदैन ।

मधेशी मोर्चाको विरोधका बावजुद जबरजस्ती संविधान जारी गरिए जस्तै संशोधन पनि बलपूर्वक गर्न खोजिए मोर्चालाई त्यो मान्य हुँदैन’, फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘मोर्चाले स्वामित्वग्रहण गर्ने गरि सहमतिमा संशोधन गरे मात्र मुलुकले निकास पाउँछन् ।’

उत्पीडनमा परेका मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला लगायतले उठाएको माग नयाँ संविधानमा सुनिश्चित नहुँदासम्म आन्दोलन जारी रहने बताउँदा उहाँले भन्नुभयो, ‘यो अधिकार प्राप्तिको लडाइँ हो, जनतालाई अब गुलामी स्वकार्य छैन ।’

‘सरकार आफै वार्ता सफल हुन दिने पक्षमा छैन, मोर्चाको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष यादवले भन्नुभयो, ‘सरकारले समाधान चाहेको भए जनताले यदि हदसम्म दुःख पाउथेनन् ।’

सोही कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु संघीय समाजजादी फोरम नेपालमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेपाली काग्रेस र राप्रपाबाट पार्टी परित्याग गरी पूर्व गाविस उपाध्यक्ष विशुनदेव राउत कुर्मी, जयनरायण पटेल, छोटेलाल कुर्मी लगायतको नेतृत्वमा दुई सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत, पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्य रामकिसोर यादव, विरेन्द्र यादव, विन्देश्वर यादव, बालकिसोर यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..