» » फोरम नेपालद्धारा सविधान संशोधन अस्वीकार


        
 संघीय समाजवादी फोरम नेपालको निर्णय
  • जारी आन्दोलनलाई काठमाडौं केन्द्रीत र राष्ट्रिय स्वरुप दिने निर्णय, 
  • संविधान संशोधन अधूरो र अपूरो, नमान्ने निर्णय,
  • आन्दोलन दबाउन सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको आरोप, 


  • कालोबजारी र तस्करी नियन्तन्त्रण गर्न सरकारसँग माग, 
  • आन्दोलनकारी माथि लगाइएका सबै झूठा मुद्दा खारेज गर्न माग, 


  • आन्दोलनलाई उत्कर्षमा पु¥याउन सबै पहिचानवादी शक्तिलाई एक हुन आव्हान,
  • आन्दोलनमा चरम दमन भएको निष्कर्ष सहित न्यायिक आयोग गठन गर्न माग, 
  • भूकम्प पीडितलाई तत्काल राहत वितरण गर्न र पुनर्निर्माण थाल्न माग, 
  • कष्टकर जीवन बाच्च बिवस जनताका लागि तत्काल लोड सेडिङ्ग हटाउन माग, 
  • सोमवार १ बजे फोरम नेपालको पत्रकार सम्मेलन


काठमाडौमाघ १० गते ।  संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजो राती सरकारले संशोधन गरेको प्रक्रिया र अन्तर्वस्तुलाई आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको बताउनु भएको छ ।

‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’, बैठक पछि अध्यक्ष यादवले भन्नुभयो, ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’ उहाँले मनपरी ढंगले संविधान संशोधन भएकोले केन्द्रीय बैठकले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको बताउनुभयो ।

शुक्रवारजारी केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले महिनौंदेखि जारी सीमानाका अवरोध र आन्दोलनलाई झन् सशक्त बनाउने निर्णय भएको बताउनुभयो ।

आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय भएको बताउँदै उहाँले सरकार वार्ता र निकासका लागि गम्भीर नभएकाले निर्णायक आन्दोलनको विकल्प नभएको बताउनु भयो ।

बैठकपछि अध्यक्ष यादवले वार्ता मार्फत समाधानका लागि आफूहरु हदैसम्मको लचक र गम्भीर भएपनि सरकार आफै वार्तामा गम्भीर नदेखिएकोले जारी आन्दोलनलाई निर्णायक बनाउन आन्दोलन थप सशक्त पार्ने निर्णय भएको बताउनु भयो ।

मोरंगको रंगेली लगायत विभिन्न संवेदनशील स्थानमा जबरजस्ती कार्यक्रम आयोजन गर्न लगाएर सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको आरोप उहाँले लगाउनु भयो । आन्दोलनका क्रममा लगाइएका सबै झूठा मुद्दा तत्काल खारेज गर्नु पर्ने माग गर्दै आन्दोलनमा भएका दमन सत्य तथ्य छानविन र दोषिमाथि कारवाहीका लागि तत्काल उच्चस्तरिय न्यायिक आयोग गठन हुनुपर्ने माग गर्नुभएको छ ।

फोरम नेपालको केन्द्रीय समितिको बैठक १२ बुँदे निर्णय गर्दै आइतवार सम्पन्न भएको छ । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनात्मक र आर्थिक प्रतिवेदन सर्ब सम्मतले पारित भएको छ । ५१ सदस्यीय राजनीतिक समिति सहित चार वटा केन्द्रीय निकाय गठन गरिएको छ ।

नयाँ संविधान प्रतिगामी रहेको निष्कर्ष सहित वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको राजनीतिक प्रतिवेदन सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए । भोलि सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरी बैठकको औपचारिक निर्णय सार्वजनिक गरिने सहअध्यक्ष श्रेष्ठले जनाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..