» » कसले उक्सायो यी व्यपारीलाई ?


जनकपुर २३ गते । पाँच महिनादेखि मधेशमा आन्दोलन जारी छ तर आज जनकपुरमा वेग्लै दृश्य देखियो । व्यपारीले पाँच महिनादेखि आन्दोलनलाई साथ दिँदै आएको सुखद खबर आइरहँदा आज अचानक व्यपारीका एक समुहले आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको विरोध गर्दै दुईटा नेताको गाडि पनि जलाएको छ ।

ती समूहले सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिह र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रुपनारायण मण्डलको मोटरसाइकल जलाएको छ । उनीहरु काँग्रेस र एमालेका कार्यकर्ता रहेको पुष्टि भएको छ ।
काँग्रेस र एमालेका उक्साहटमा उनीहरुले यस्ता गरेको बताइन्छ । काँग्रेस निकट विजय साह र एमाले निकट सुरेन्द्र भण्डारीको नेतृत्वमा सो आक्रमण भएको बताइएको छ ।

सो घटनापछि मोर्चाको आकस्मिक बैठक बसेको थियो । बैठकले शुक्रबारदेखि आम हडताललाई अझ सशक्त बनाउँदै पुनः स्कुल कलेज बन्द गराउने निर्णय गरेको छ ।

यसैगरी बैठकले जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साहसहित चार व्यावसायीलाई मधेस विरोधी घोषणा गर्दै उनीहरुको पसल तथा व्यापारिक प्रतिष्ठानमा तालाबन्दी गर्ने निर्णय गर्दै उनीहरुको पसलमा तालाबन्दी गरेको छ । सटरमा ओलीको मधेश विरोधी दलालके दुकान, ओलीके बेटाके दोकान, मधेश दलाल विरोधी मधेश छोड जस्ता कुरा लेखेका छन् ।

बिहीबार अपरान्ह मोर्चाका नेताहरुमाथि गरिएको हातपात तथा दुई नेताका मोटरसाइकलमा आगजनीमा संलग्न रहेको आरोपमा संघका वरिष्ठ उपाध्यक्ष साहसँगै व्यावसायीहरु आनन्द झा, पंकज जैन र सन्तोष साहलाई ‘मधेस विरोधी’ घोषणा गरिएको छ ।

फोटोः घनश्याम मिश्र

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..