» » कमल थापाले भने, मधेशवादी दलले अब पनि आन्दोलन गर्नु उचित होइन


काठमाडौ, पुस २२ गते । उपप्रधान तथा पराराष्ट्र मन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको ११ बुँदे प्रस्तावलाई संबोधन गर्ने गरी सरकारले तीन बुँदे प्रस्ताव ११ बुँदेको प्रतिउत्तर रहेको बताए ।

सरकारी वार्ता समितिका संयोजक समेत रहेका थापाले समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा संविधान संसोधनमा आईसकेको र राजनीतिक सहमतिमा तीन महिनाभित्र सीमांकन लगायतका विषय टुग्याउने प्रतिवद्धता आइसकेकाले मधेशी मोर्चाले आन्दोलन चर्काउनु उचित नभएको बताए ।

उनले भने, ‘सरकारको किटानी प्रतिबद्धतापछि सरकार मधेसको मागप्रति उदासिन छैन भन्ने प्रष्ट भईसकेको छ । अब यो अवधारणाभित्र माग पुरा गर्न सकिन्छ । वार्ताको क्रम निष्कर्ष तिर गईरहेको छ । मधेसी मोर्चाले कार्यदल बनाएको छ । यो सकारात्मक हो । समस्या समाधान गर्न समाधानको स्पष्ट खाका तयार भईसकेको छ । अब बार्ताबाट छिट्टै समस्या समाधान हुन्छ ।’


उनले एक अर्को प्रसंगमा भने ओलीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुन्छ । प्रधानमन्त्रीको दुवै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भईसकेको छ । प्रधानमन्त्रीलाई निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिनु भएको छ ।’


उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भने परम्परागत मान्यताबाट मुक्त हुनु आग्रह गर्दै एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयुक्त नहुने तर्क गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..