» » कार्यदलको पहिलो बैठकले गरे यस्तो छलफल

काठमाडौ पुस २३ गते । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रस्तुत गरेको ११ बुँदे मागमाथि छलफल गर्नका लागि गठन भएको कार्यदलको पहिलो बैठक बुधवार बसेको छ ।

सिहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकमा
कार्यदलमा रहेका दुवै पक्षले ११ बुँदेमाथि आआफ्नो धारणा राखेका छन् ।

कार्यदलका सदस्य एवं नेपाली काँग्रेसका नेता महेश आचार्यले मधेशी मोर्चाले पेस गरेको ११ बुँदेमाथि छलफल गरि त्यसलाई विषय प्रवेश गराउने काम भएको बताउँदै दुवै पक्षबाट सकारात्मक कुरा भएको जानकारी गराउनुभयो ।

उहाँले बुधवारको बैठकमा मधेश वादी दलले राखेको बुँदाहरुमा विषय प्रवेश मात्र भयो, विहिवारदेखि बुँदागत छलफल हुने बताउनुभयो ।


सरकारको तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले सरकारले प्रस्ताव गरेको तीन बुँदे अवधारणा तथा काँग्रेसले पेस गरेको संशोधन प्रस्तावको बारेमा के गर्ने विषयमा पनि कुरा उठाएका थिए ।

त्यसमा मधेशी मोर्चाले त्यसलाई आफूहरुले पहिला नै अस्वीकार गरिसकेका हुनाले त्यसलाई अब छलफलको विषय नबनाउ भनि धारणा राखेका थिए ।


कार्यदलका सदस्य एवं फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले ल्याएको तीन बुँदे प्रस्ताव र काँग्रेसले पेस गरेको संशोधन प्रस्ताव बाहेकका विषयमा छलफल गर्न सरकारी पक्षबाट आग्रह भएको तर आफूहरुले त्यसलाई अस्वीकार गरेको बताउँदै ११ बुँदामै नै छलफल गरि प्याकेजमा सहमति हुनुपर्ने धारणा राखेपछि ११ बुँदामा छलफल शुरु भएको बताउनुभयो ।


हुन त सत्ताधारी तथा विपक्षी दलले ११ बुँदाको बारेमा पहिला नै अध्ययन गरिसकेको भनि कार्यदलको बैठकमा औपचारिक रुपमा सो बुँदाहरु प्रस्तुत भएको कार्यदलका सदस्य एवं तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभयो ।

सरकारी पक्षको कुरा सुन्दा ११ बुँदाप्रति उहाँहरु सकारात्मक देखिनु भएको छ, यसअघि पनि दुवै पक्षबाट वार्ता समिति गठन भएको थियो । पटक पटक यसैगरि वार्ता भएको तर कुरा मिलेन ।

११ बुँदामा नै छलफल गर्ने गरि कार्यदल गठन भएको कारणले यसले टुगों लगाउन सकिने आशा गर्न सकिने नेता यादवले बताउनुभयो ।


मधेशका मेचीदेखि महाकालीसम्म २२ जिल्लालाई दुई प्रदेशमा विभाजन गर्नुपर्ने, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुको साथै त्यसको अलग धाराको व्यवस्था गर्नुपर्ने, जनसख्याको आधारमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम हुनुपर्ने तथा राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनु पर्ने माग ११ बुँदामा रहेको छ ।

त्यस्तै, वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानूनमा नभई संविधानमा नै स्पष्ट हुनु पर्ने र संवैधानिक पदहरुमा मनोनित वा निवार्चित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनु पर्ने, सङ्घ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नु पर्ने, समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनु पर्ने, प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने, स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानून बमोजिम हुनु पर्ने, नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्नुपर्ने, नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्नेलगायतका मागहरु ११ बुँदामा रहेका छन् ।

यीमध्ये सरकारले सिमांकनेको विषय आयोग वा राजनीतिक संयन्त्रण बनाएर तीन महिनाभित्र टुग्यांउने, प्रत्येक जिल्लामा एक सिट अनिवार्य रहने गरि जनसँख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने गरि सहमतिका लागि तीन बुँदे प्रस्ताव गरिसकेको छ ।

त्यसमध्ये जनसँख्याको आधारमा निर्वाचन क्षेत्र तथा समावशी समानुपातिक प्रतिनिधित्वका लागि सविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ ।

तर मधेशी मोर्चाले त्यसलाई अस्वीकार गरि ११ बुँदामा नै छलफल हुनुपर्ने अडान लिएपछि कार्यदल बनाएर छलफल शुरु भएको हो ।
मधेशवादी दलसँग वार्ताका लागि सरकारले तीन बुँदे प्रस्ताव अघि सार्दा मधेशी मोर्चाले त्यसलाई अस्वीकार गर्दै ११ बुँदामा मात्र छलफल गरि प्याकेजमा सहमति हुनुपर्ने आडान लिँदै आएका थिए । तीन बुँदामा नै छलफल गरि अगाडि बढ्नु पर्ने भन्दै सरकार र मधेशी मोर्चाबीच पटक पटक वार्ता भएको हो तर मधेशी मोर्चाले त्यसलाई अस्वीकार गरेपछि पुस १९ गते सरकार, प्रतिपक्षि तथा मधेशी मोर्चाबीच भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल गठनको प्रस्ताव गरेपछि पुस २१ गते त्यसले पूर्णता प्राप्त गरी बुधवार बैठक बसेको थियो .

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..