» » अपहरणमा परेका ११ वर्षीय बालकको हत्या

गौशाला, ४ माघ । महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको गएराति शव फेला परेको छ ।
जलेश्वर– १२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर– १३ स्थित रातो खोलाको पश्चिम किनारमा खर (घाँस) घारीमा गाडिएको अवस्थामा गएराति फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण गरी लगेकामा उनलाई परिवारले टोल, छिमेक र आफन्त गरी सबैतिर खोजतलास गरिसके पनि उनको कुनै पत्ता लागेको थिएन ।
घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले शुक्रबार जलेश्वरका तीनजना युवालाई पक्राउ गरेको थियो भने उनीहरुकै सहयोगमा बालक पाण्डेलाई हत्या गरेर गाडिएको ठाउँबाट शव बरामद गरेकोे जिप्रका, महोत्तरीले जनाएको छ ।
मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
f

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..