» » मधेशी मोर्चामा विवाद नरहेको सद्भावना पार्टीको यस्तो छ स्पष्टोक्ति


प्रेश विज्ञप्ति ( ०७२ पुष १९, रविवार )
*********************************
सदभावना पार्टीले आफ्ना राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूले अस्पतालबाट आम मधेशी जनताको नाममा पठाउनु भएको अपीललाई सार्वजनिक गर्न शनिवार गरेको पत्रकार सम्मेलन पछि केही मीडियाहरूमा "मोर्चा विभाजित भएको, मोर्चा भित्र विवाद" जस्ता शीर्षकमा समाचार प्रकाशित प्रसारित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
सदभावना पार्टीले १४० दिन देखि जारी मधेश आन्दोलनलाई थप बल पुर्याउन, आन्दोलनलाई जन-जनमा पुर्याउन, आन्दोलन प्रतिको समर्पणलाई अझ सुदृढ पार्न, आन्दोलनलाई निष्कर्षमा पुर्याउने संकल्पको लागि सरकारद्वारा घुसपैठिया र भिजिलान्ते प्रयोग गरि आन्दोलनलाई हिंसक बनाउने षड्यंत्रको जवाफमा शांतिपूर्ण र अहिंसक कार्यक्रमहरू मार्फत आन्दोलनलाई निरन्तरता दिने हाम्रो प्रयास हो।
संकल्पको यो कार्यक्रमहरू पछिल्लो चार महिना देखि मधेशमा रहेर आन्दोलनलाई नेतृत्व गर्दै आएका हाम्रा श्रद्धेय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको तर्फबाट आम मधेशी जनतालाई गरिएको अपील हो। यो अपील सार्वजनिक गर्नु अघि मधेशी मोर्चामा आबद्ध अन्य दलका केही जिम्मेवार नेताहरूलाई औपचारिक जानकारी दिईएको र यस अपील प्रति मोर्चाका शीर्ष नेतृत्वमा कुनै विवाद अथवा विमति नरहेको कुरा प्रष्ट गर्न चाहन्छौं।
साथै सदभावना पार्टी मोर्चामा आबद्ध एउटा महत्वपूर्ण घटक रहेको तर पार्टीको आफ्नो नीति सिद्धांत र कार्यक्रमहरू पनि रहेको जानकारी गराउंदै मधेश विरोधी मानसिकता बोकेका केही पत्रकार र मीडियाहरूले बदनीयतपूर्ण तरीकाले हाम्रो संकल्पको कार्यक्रमलाई "मोर्चा भित्र विवाद र मोर्चा विभाजन तिर" जस्ता मनगढंत, आधारहीन, सत्य तथ्य नभएको खबरको हाम्रो पार्टी जोडदार ढंगले खण्डन गर्दछ। र आम मधेशी जनतालाई यस्ता मधेश विरोधी मीडियाको भ्रममा नपरि आन्दोलनलाई सघाउन र संकल्पको कार्यक्रमहरूलाई सफल बनाउन आग्रह गर्दछौं।
यस संगै संयुक्त लोकतांत्रिक मधेशी मोर्चाद्वारा तय गरिने आन्दोलनको सबै कार्यक्रमहरूमा हाम्रो सहभागिता, सहयोग र समर्थन जारीनै रहने जानकारी गराउंद छौं।
( मनीष कुमार सुमन )
महासचिव

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..