» » सर्लाहीको मधेशी मोर्चामा आन्दोलन फिर्ता लिने बारे विवाद


सर्लाही, माघ १२ गते । संघीय समाजवादी फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले एक महिनाका लागि जिल्लाका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता हुने घोषणा गरेको छ ।
सर्लाहीमा आयोजित एक कार्यक्रममा उहाँले सार्वजनिक रुपमै आन्दोलन फिर्ता भएको भने लगतै मोर्चामा आवद्ध अन्य जिल्लास्थित तीन दल तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीले विज्ञप्ति जारी गरी कुनै प्रकारको आन्दोलन फिर्ता नहुने बताएको छ ।
माघ सात गते जिल्लास्थित मोर्चाको बैठकबाट किसानहरुको मर्कालाई बुझेर उखुका लैजान ल्याउन र त्यसका लागि चाहिने इन्धन ल्याउन दिने, इट्टा भठ्ठाका लागि प्रयोग हुने कोइला पनि ल्याउन दिने, डिजेल, पेट्रोल, ग्यास ल्याउन दिने तर भन्सार खोल्न नदिने निर्णय गरेको थियो । तर तमलोपाका अध्यक्ष जंगीलाल यादवका अनुसार मोर्चाको निर्णय विपरित हिजो फोरम नेपालका अध्यक्ष यादवले हिजो दुईवटा  ट्रक नियन्त्रणमा लिएको थियो । त्यसको विरोध मोर्चाका अन्य नेताहरुले गरेपछि अध्यक्ष अशोक यादवले आन्दोलन फिर्ता लिने निर्णय लिएका छ ।
तमलोपाका अध्यक्ष जंगीलाल राय यादवले आन्दोलन फिर्ता लिने मोर्चाको कुनै निर्णय छैन, एउटा कुनै दलले फिर्ता लिँदैमा फिर्ता नहुने आन्दोलनका सबै कार्यक्रम यथावत रहने बताउनु भयो ।
यस विषयमा अध्यक्ष यादवलाई सम्पर्क गर्दा उहाँको मोवाइल अफ थियो ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..