» » बम विस्फोटमा मर्नेको संख्या ५० पुग्यो,घाइते ११० जना

एजेन्सी, माघ १८ गते । सिरियामा भएका शृङ्लाबद्ध विस्फोटमा मर्नेको संख्या ५० पुगेको छ । हिजो राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सियाहरुको मुख्य आस्था केन्द्र साइदा जेइनावनजिक भएका विस्फोटहरुमा उनीहरुको मृत्यु भएको हो ।
विस्फोटमा एक सय १० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । सरकारी सञ्चारमाध्यमहरुले सबैभन्दा पहिले काम बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार साइदा जेइनावनजिक कम्तिमा ३ पटक विस्फोट भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..